मुगुका अधिकांस गाउँका नागरिक सडकको पहुँच बाहिर

खड्क सुनार
मुगु, २ असोज (रेडियो सौर्यदय) स्थानीय सरकार संचालन भएको ३ बर्ष शुरु हुँदा समेत मुगुका अधिकांस गाउँमा सडक सञ्जाल जोडिन सकेको छैन् ।
जिल्लाको एक मात्र छायाँनाथरारा नगरपालिका भित्र रहेका सदमुकाम गमगढी बजार भित्र अझै पनि सवारी साधन सञ्चालनमा हुन ुसकेको छैन ।
भौगोलिक विकटता र व्यवस्थिीत ठाउका कारण अझ सम्म पनि सवारी साधन सुचारुमा नआएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताउनु भएको छ ।
बुधवार सरोकारवालाहरुसँग कुारा गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले एक हप्ता भित्र बजारमा सवारी साधान संचालनमा ल्याउने प्तिवद्धता जनाउनुभएको छ ।