प्रविन शाही
सुर्खेत, ६ असोज (जागरण) । कर्णाली प्रदेशमा घरेलु हिंसाका घटना बढ्न थालेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०७४÷०७५ भन्दा ०७५÷०७६ मा घरेलु हिंसाका उजुरी बढेका हुन ।
आर्थिक बर्ष २०७४÷०७५ मा आठ सय ५५ ओटा घरेलु हिंसाका उजुरी दर्ता भएका थिए भने २०७५÷०७६ मा आठ सय ५८ ओटा उजुरी दर्ता भएको कर्णाली कार्यालयको तथ्याङकमा छ ।
प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चार सय ६८ उजुरी परेका छन भने सबैभन्दा कम जिल्ला प्रहरी कार्यालय डोल्पामा ४ ओटा घरेलु हिंसाका उजुरी परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
उहाका अनुसार उजुरी दर्ता भई मिलापत्र भएका ६ सय ६१ छन भने सम्बन्धीत नीकायमा गएको उजुरी संख्या एक सय पाच छ ।
यस्तै, उजुरीमा कारबाही भईरहेका घटनाको सँख्या ५७ र सम्पर्कमा नआएका घटना २९ ओटा रहेका छन् ।
पछिल्लो समय घरेलु हिंसाका घटनाहरुमा महिला मात्र नभई पुरुषका पनि उजुरी आउन थालेको उहाले बताउनुभयो ।