हुम्लामा पनि समता स्कुल सञ्चालन

हुम्ला, २० वैशाख (जागरण) । हुम्लाको सिमकोटमा पनि समता स्कूल सञ्चालनमा आएको छ । समता फाउण्डेसनले सञ्चालन गरिरहेको समता स्कूल सिमकोटमा पनि संचालनमा आएको हो ।
हुम्लामा यसपाली नर्सरी, एलकेजी, युकेजी र एक कक्षासम्म सञ्चालन गरिएको र हरेक वर्ष कक्षा थप गर्दै लगिने समता फाउण्डेशनका व्यवस्थापक समिति हुम्लाका संयोजक छक्क लामाले बताउनुभयो ।
अहिले २ सय २० जना विद्यार्थीले मात्र अध्यायन गर्न पाउने व्यवस्था भए तापनि हुम्लामा क्षमता भन्दा बढी विद्यार्थीले भर्नाको आवदेन भरेको समेत संचालक समितिका सदस्य रवि राकोयले बताउनुभयो ।
आर्थिक अभावका कारण विद्यालय शिक्षा लिन नसकेका विद्यार्थीहरूलाई लक्षित गरी सुरु गरिएको समता स्कूलको हरेक तहमा भर्नाको लागि १ सय ५० र मासिक शुल्क एक सय रुपैंयाँ लाग्ने गरेको रोकायाले बताउनुभयो ।
हुम्लासँगै अन्य जिल्लामा पनि स्कूल संचालन गरेको र समता फाउडेशनले ७६ औेँ शाखा हुम्लामा विस्तार गरेको उहाँले बताउनुभयो ।
हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यद्वारा विभिन्न कार्यक्रमहरूको आयोजनाबाट संकलित रकमबाट यो विद्यालय संचालन गरेको हो । विद्यालयसँंगै आगामी दिनमा हुम्लामा अस्पताल समेत संचालन गर्ने जनाएको छ ।

तस्वीरः थाहाबाट ।