जाजरकोट, ६ असोज (जागरण) । बढ्दो सवारी दुर्घटनालाई कम गर्न जाजरकोट सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा टाइमकार्ड लागु गरिएको छ ।
दशैं, तिहारमा जथाभावी क्षमताभन्दा बढी यात्रुहरु राखेर तीव्र गतिमा सवारीसाधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न टाइमकार्ड सुरु गरिएको हो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार ठुला चाडहरुमा सवारी चाप बढ्ने भएकाले टाइम कार्ड लागु गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार जाजरकोट सदरमुकामबाट सुर्खेतको छिन्चु र सदरमुकामदेखि रिम्नासम्मको सडकमा टाइमकार्ड लागु गरिएको उहाले जानकारी दिनुभयो ।