सल्यान, ६ असोज (रेडियो राप्ती) । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको विकासको लागी पूर्बाधार विकासलाई प्राथामिकतामा राखिएको बताउनुभएको छ ।
उहाँले जिल्लामा निर्माणाधिन दर्जनौँ भौतिक पूर्वाधारका कामहरु अलपत्र रहेको भन्दै कर्णाली सरकारले भौतिक पूर्वाधारमा जोड दिएको बताउनुभएको हो ।
अहिले सल्यानमा सडकको स्तरोन्नती नभएको, शिक्षा, स्वास्थ्य क्षेत्रमा भौतिक संरचनाको अभाव देखिएको, बिद्युक्तको उचित बिस्तार हुन नसकेको भन्दै यी क्षेत्रको विकासका लागि प्रदेश सरकार लागेको उहाको भनाई छ ।
शारदा नगरपालिका वडा नम्बर ७ ले आज आयोजना गरिएको वडा स्तरीय अन्तर बिद्यालय हाजिरीजवाफ, बक्तृत्वकला प्रतियोगिता तथा दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले विकास अब तिव्र गतीले हुने बताउनुभयो ।