सुर्खेत, ६ असोज (जागरण) । ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने भएको छ । आयोजक मुन मिडिया हाउसले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आज पत्रकार समेलन गरी मिस सुर्खेत सिजन– थ्री र मिस्टर सुर्खेत सिजन– वान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
दुबै प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर हद तोकिएको छ, भने सहभागिताका लागि असोज ६ गतेदेखि आवेदन खुल्ला गरिने आयोजक टिमका सदस्य एवं कलाकार कमल विष्टले जानकारी दिनुभयो ।
प्रतियोगितामा भाग लिन कर्णालीको स्थायी र एसईई पास गरेको हुनुपर्ने छ । मिस्टर र मिस सुर्खेत प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ताज र विभिन्न उपहार प्राप्त गर्ने आयोजक संस्था मुनका सदस्य विजय केसीले बताउनुभयो ।
उहाँका अनुसार प्रथम, द्वितिय र तृतिय बाहेक थप ७ प्रतिस्पर्धीलाई सब टाइटलको उपाधिले सम्मान तथा पुरस्कृत गरिनेछ ।