लिला शाही
जुम्ला, ६ असोज (रेडियो खुल्ला आकास) । जुम्लामा बाहिर बाट भित्रिने विषाधी युक्त तरकारी तथा फलफुलका कारण जुम्लामै उत्पादन भएका अर्गानिक फलफुल तथा तरकारिले बजार नपाएको किसानको गुनासो छ । बर्ष भरि मेहनत गरि फलाएको स्याउले उचित बजार नपाउदा जुम्लाका किसान चिन्तित बनेका छन् । गत वर्षको भन्दा कम मुल्यमा स्याउ बिक्रि हुदा खास्सै आम्दानी गर्न नसकिएको कृषकहरुको भनाई छ ।