सुर्खेत, ६ असोज (जागरण) । अमरज्योति नमूना माध्यामिक विद्यालय वीरेन्द्रनगर १२ नेवारेमा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुलाई दिमागी शसक्तीकरण सम्बन्धी ‘माइण्ड इम्पावरिङ प्रोग्राम’ दिइएको छ ।
ब्रह्मकुमारी विश्व विद्यालय सुर्खेतसंगको सहकार्यमा सोमबार सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ब्रह्मकुमारी आरतीले विद्यार्थीहरुलाई सकरात्मक सोच र सशक्तिकरणका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण दिँदै उहाँले सकरात्मक सोच र व्यवहारले राम्रो नतिजा ल्याउनुका साथै जीवनलाई सार्थक बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्राधानाध्यापक खगेन्द्र थापाले प्रशिक्षलाई धन्यवाद दिँदै सिकेका कुरालाई व्यवहारमा उत्तार्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।
थापाले विद्यार्थीहरुको मोटिभेशन र सशक्तिकरणका लागि यस्ता अतिरिक्त र्काक्रमहरु गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सिविल इन्जिनियरिङका विद्यार्थी तथा शिक्षक कर्मचारीको सहभागिता रहेको इन्जिनियरिङ कार्यक्रममा प्रमुख ईन्जिनियर यज्ञबहादुर कार्कीले जानकारी दिनुभयो ।