खड्क सुनार
मुगु, ६ असोज (रेडियो सौर्यदय)
मुगुका दुई विद्यालयका बहिरा विद्यार्थीहरुलाई कपडा वितरण गरिएको छ ।
४० औं सामाजिक सेवा दिवसको अवसरमा सोमबार महाकाली माध्यमीक विद्यालय र बालमन्दि आधारभुत विद्यालयका बहिरा विद्यार्थीहरुलाई कपडा वितरण गरिएको हो ।
कक्षा १ देखि ९ सम्म अध्ययनरत १२ जना वहिरा छात्र÷छात्रालाई करिब ३० हजार बराबरको कपडा वितरण गरिएको जनाइएको छ ।
छायानाथ रारा नगरपालिकाको आयोजनामा नेपाल रेडक्रस सोसाईटी मुगु बाट १५ वटा कम्मल, २९ वटा गिलास, जुत्ता वितरण गरिएको हो भने हुरुन्डेक नेपाल बाट विद्यार्थी लाई पठनपाठनमा सहज होस भनि सोलार, छात्राहरु लाई सरसफाई र लेडिज स्विटर वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले समाज सेवामा लाग्नका लागि मन, बचन र कर्मको आवश्यकता रहेको औल्याउनुभयो ।
उहाले समाज परिवर्तन गर्न सबै क्षेत्रबाट काम गर्नुपर्ने बताउदै अनिमात्र देश विकास हुने बताउनुभयो
दिवसका अवसरमा मुगुमा विभिन्न सामाजिक कामहरु गरि मनाइएका छन् ।