कर्णालीका दुईवटा स्थानीय तहका आशालाग्दा काम, गाउँमै रोजगारी सृजना (अडियोसहित)

टेकराज केसी
सुर्खेत, ७ भदौ (जागरण) । गाउँगाउँमा स्थानीय सरकारहरु गठन भइसकेपछि केही आशा लाग्दा कामहरु भएका छन् ।
कर्णालीका दुइवटा स्थानीय तहले गाउँमै रोजगारीका अवसरहरु सृजना गरि विदेशिने युवाहरुलाई काम दिएर उदाहरणिय काम गरेका हुन् ।
यसरी रोजगारी सृजना गर्नेमा दैलेखको गुराँस गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिका रहेका छन् ।
यी दुवै गाउँपालिकाले विकास निर्माणमा युवा जनशक्ती परिचालन गरेका छन् । गाउँमै युवाहरुलाई काम दिएपछि एकातिर विकास पनि भएको छ भने अर्कोतिर रोजगारीको सृजना पनि भएको छ ।
दैलेखको गुराँस गाउँपालिकाले युवा पलायन रोक्न पूर्वाधार निर्माण कार्यदल बनाएर युवाहरुलाई काममा लगाएको छ भने, कालकिोटको पलाँता गाउँपालिकाले पलाँता गाउँपालिकाले निर्माण कार्यदल नाम दिएको छ ।
आफ्नो गाउँपालिकाले ८० जना युवाहरुलाई काममा लगाएको भन्दै गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले यो आर्थिक बर्षदेखि थप ७२ जना युवाको लागि रोजगारी सृजना गरिने बताउनुभयो ।

यता, सुरुमा मासिक २४ हजार तलब दिने गरी गठन गरिएको कार्यदलका सदस्यलाई पछि गाउँपालिकाले कार्यविधि बनाउँदै कामका आधारमा ज्याला निर्धारण गरेर परिचालन गरिरहेको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनुभयो ।
उहाले अहिले काम पाएपछि कामको खोजीमा बाहिरिने युवाहरु स्वदेशमै रोकिएको बताउनुभएको छ ।
कर्णाली दुई गाउँपालिकाको कामले गाउँमा सरकारको अनुभुती भएको त्यहाँका स्थानीय बताउछन् भने केहि सरोकारवालाहरुले अन्य स्थानीय तहले पनि यस्ता कामको सिको गर्नुपर्ने बताएका छन् ।