जुम्ला, ८ असोज (जागरण) । राष्ट्रिय सभाका एक दर्जन सांसदहरु राष्ट्रिय सम्पदासहित पिछडिएको क्षेत्र, समुदाय र संस्कृतिको अध्ययन गर्न स्थलगत अवलोकन गर्न जुम्ला पुगेका छन् ।
समितिका अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य डिलकुमारी रावल थापा र प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेसहितको टोली संस्कृतीको अवलोकनका लागि जुम्ला पुगेका हुन् ।
उनिहरु अहिले जुम्ला सिंजा क्षेत्रमा सम्पदाको स्थलगत अनुगमन गरिरहेका छन् । त्यहाँको पुरानो संस्कृती खस भाषा लगायतको क्षेत्रमा अध्यन गरिने उनिहरुको भनाई छ ।
समितिले जुम्ला सदरमुकाम खलङ्गासहित सिंजा गाउँपालिकामा राजनैतिक दल, स्थानीय, नागरिक समाज र पत्रकारहरुसँग जिल्लाको सम्पदा, भाषा, संस्कृतिसहित विविध विषयमा आवश्यक सुझाव संकलन समेत गरिएको जनाइएको छ ।
नेकपाका प्रदेश समिति सदस्य पूर्णप्रसाद धितालले सिंजाको समग्र विकासका लागि ‘सिंजा प्रतिष्ठान ऐन’ जारी भएमा मात्र संस्कृती प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।