चार कोठे पक्की भवन निर्माणपछि पठनपाठनमा सहज

सल्यान, ८ असोज (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिका, २ स्थीत रहेको विरेन्द्र माध्यामिक विद्यालयमा ४ कोठे पक्की भवन निर्माण भएको छ । कक्षा कोठाको अभावमा पठनपाठन प्रभावित हुँदै आएकोमा अव केहि सहज हुने विद्यालयले जनाएको छ ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ओम बहादुर बुढाले शिक्षा विभाग अन्तर्गत गाउँपालिकाको दायीत्वमा आएको बजेटबाट भवन निर्माण गरिएको बताउनुभयो । ३६ लाख रुपैयाँको लागतमा ४ कोठे विज्ञान भवन निर्माण भएको हो । भवनको मंगलबार कपुरकोट गाउँपालिकाले अनुगमन गरेको छ ।