रारामा घुम्ने मौसम सुरुः बढ्दै पर्यटक

मुगु, ८ असोज (जागरण) । मौसममा सुधार आएपछि रारा घुम्ने मौसम सुरु भएको छ । नाग्मा–गमगढी सडक सञ्चालन भएसँगै रारा आउने पर्यटक बढ्न थालेका छन् ।
असारदेखि सुनसान बनेको रारामा मानवीय चहलपहल बढ्दै गएको छ । डाँफे गेस्ट हाउस, भिलेज हेरिटेज रिसोर्ट, माझघट्ट होमस्टेलगायतमा पर्यटक भरिभराउ हुन थालेका छन् । दैनिक करिब २० आन्तरिक पर्यटकले होटेल बुक गर्न थालेको भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतले बताउनुभयो ।
तालमा सयर गर्ने र आसपासका गाउँ घुम्ने पर्यटक बढेपछि डुंगा र घोडा व्यवसायी पनि व्यस्त बन्न थालेका छन् । पर्यटकलाई घुमाउन स्थानीयले करिब र्२ सय घोडा रारा क्षेत्रमा ल्याउने गरेका छन् ।