हुम्लामा सर्पको टोकाईबाट एक जनाको मृत्यु

हुम्ला, ८ असोज (रेडियो श्रीनगर) । हुम्लामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । अदानचुली गाउँपालीका वडा नं ३ का वर्ष २३ का प्रदिप रोकायाको मृत्यु भएको हो ।
सोमबार राती करिब १२ बजे तिर आफ्नै घरमा सुती रहेको अबस्थामा सर्पले हातको औलामा टोकेको थियो ।
परिवारले स्वास्थ्य संस्था नलिई झारफुक गर्न थालेपछि उहाको मृत्यु भएको जनाइएको छ । अन्तिम अवस्थामा स्वास्थ्यकर्मीसँग देखाइएपनि ज्यान बचाउन नसकिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।