गरिबी अन्त्य गर्न उद्योगहरु संचालन गर्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ८ असोज (जागरण) । नेपाल विगतदेखि नै गरिबीको देश भनेर भन्ने गरिन्छ । गरिबी निवारणका लागि सरकारले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको भएपनि उल्लेख्य परिवर्तन भने हुन सकेको छैन् । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको उद्देश्य पनि सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्ने भन्ने छ ।