शिक्षालाई गुणस्तरिय र व्यवहारिक कसरी बनाउने ?

सुर्खेत, ९ असोज (जागरण) । कर्णाली प्रदेशका सामाजि विकास मन्त्री दल रावलले अहिलेको शिक्षा प्रर्णालीले शैक्षिक बेरोजगारीको संख्यामा वृद्धि भएको बताउनुभएको छ ।
युनेस्कोको आर्थिक सहयोगमा कर्णाली फाउण्डेसनले सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको दीगो विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षासम्बन्धी दुई दिने कार्याशाला गोष्टि कार्यक्रमको उद्घाटन सामारोहमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
उहाँले अहिलेको शिक्षा प्रर्णालीले झन् बेरोजगार जनशक्ति निम्त्याएको भन्दै गुणस्तरीय शिक्षाको लागि नीतिगत रुपमा अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो ।
रावलले गुणस्तरीय शिक्षा बनाउन विगतदेखिका प्रयासहरु असफल भइरहेको भन्दै अब कथाहरु मात्र अध्ययन अध्यापन गराएर शिक्षा क्षेत्रको विकास नहुने बताउनुभयो ।
उहाले गुणस्तरीय शिक्षा नहुँदा अहिले पनि कतिपय प्राविधिक जनशक्तिले समेत आफ्नो ज्ञान प्रयोग गर्न नपाएको उहाको भनाई छ ।
मन्त्री रावलले अब प्रदेशका सबै जिल्लामा बहुप्राविधिक विद्यालय खोल्ने योजना बनाइएको भन्दै गुणस्तरिय शिक्षामा मन्त्रालयले नयाँ योजना ल्याउन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने शिक्षासँग सरोकार राख्ने व्यक्तीहरुले शिक्षा क्षेत्रलाई व्यवहारिक बनाउन सके मात्र अन्य क्षेत्रको विकास सम्भव हुने बताएका छन् ।
उनिहरुले विकासको पहिलो आधार शिक्षामा गरिने लगानीलाई बढाउन सुझाव समेत दिएका छन् ।