खड्क सुनार
मुगु, ९ असोज (रेडियो सौर्यदय) । पछिल्लो समय मुगुमा आँखा पाक्ने विरामिहरुको संख्या बढेको छ ।
फोहोरमैलाका कारण आखाँ पाक्ने विरामि बढ्दै गएको जिल्ला आँखा उपचार केन्द्र मुगुले जनाएको छ ।
जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुमकार्मारोङ्ग गाउपालिकामा अहिले व्यापक रुपमा आँखा पाक्ने रोग फैलिएको आँखा उपचार केन्द्र मुगुका ईन्चार्ज डा. धुव्र बहादुर बुढ्थापाले बताउनुभयो ।
उहाँका अनुसार मौसममा अनुकुलता सरसफाईमा कमि र खानपानमा व्यालेन्स नमिल्दा यस्तो रोग देखा परेको हो ।
आँखा विरामिहरु बढ्दै गएपछि सेवामा भ्याईनभ्याई भएको र सो उपचार केन्द्रमा आवश्यकता अनुसारका चिकित्सक नहुदा सेवामा कठिनाई भएको डा. बुढ्थापाको भनाई रहेको छ ।