आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह

वैशाख ३, काठमाण्डौ । स्थानीय वायुको प्रभाव रहेकाले आज धेरै ठाउँको मौसम बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा बिहानपख हल्का वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । दिउँसो मधेश प्रदेशबाहेक अरु सबै प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का […]

Continue Reading

विद्यालय भर्ना अभियान शुरू, शिक्षामा बजेट वृद्धि र शिक्षा विधेयक पारित गर्न सरकार प्रतिबद्ध

वैशाख १, काठमाण्डौ । नयाँ शैक्षिकसत्र २०८२ को विद्यालय भर्ना अभियान शुरू भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान शुरू भएको हो । विद्यार्थी भर्ना अभियानको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शिक्षा क्षेत्रमा बजेटको […]

Continue Reading

नयाँ वर्ष २०८२ शुरू : शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै

वैशाख १, काठमाण्डौ । आज विक्रम संवत् २८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक वैशाख १ गते शुरु […]

Continue Reading

नयाँ वर्षको पहिलो दिन सोमबार देशका यी स्थानमा हुने छ वर्षा

वैशाख १, काठमाण्डौ । नयाँ वर्षको पहिलो दिन सोमबार देशको कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको […]

Continue Reading

उद्योग वाणिज्य संघ सुर्खेतको चुनाव बहिष्कार, ११ उम्मेदवारको नाम फिर्ता

चैत ३१,सुर्खेत- सुर्खेत उद्योग वाणिज्य संघको आगामी निर्वाचन २०८२ वैशाख ६ गतेका लागि तोकिएको छ।  तर, निर्वाचनमा सहभागी ११ जना उम्मेदवारले सामूहिक रूपमा उम्मेदवारी फिर्ता लिँदै निर्वाचन प्रक्रियाबाट अलग रहने घोषणा गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले संघभित्र देखिएको अपारदर्शिता, अव्यवस्थित नेतृत्व र व्यावसायिक हितविपरीतका गतिविधिप्रति असन्तुष्टि जनाउँदै चुनावमा भाग नलिने निर्णय […]

Continue Reading

मुलपानी मैदानमा यू–१९ विश्वकप एसिया छनोट : आज नेपालको भिडन्त यूएईसँग

चैत ३१, काठमाण्डौ । आजदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट हुँदैछ । आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन्। खेल माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। घरेलु टोली नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज […]

Continue Reading

पूर्वी भेगमा छिटपुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना

चैत ३१, काठमाण्डौ । आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी भने पर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ । महाशाखाका अनुसार अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको छ । विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ […]

Continue Reading

दुई पक्षबीच झडप भएपछि वीरगञ्जमा आज १२ बजेसम्म ‘कफ्र्यू’

चैत ३१, काठमाण्डौ । पर्साको वीरगञ्जमा दुई पक्षबीच झडप भएपछि ‘कफ्र्यू’ लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी साढे ७ बजेदेखि आज दिनको १२ बजेसम्मका लागि ‘कफ्र्यू’ आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि ‘कफ्र्यू’ आदेश जारी गरिएको बताउनुभयो […]

Continue Reading

देशका केही ठाउँमा आज पनि वर्षा

चैत ३०, काठमाण्डौ । देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ । दाङ, अछाम, दैलेख, कालीकोटलगायतका ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ […]

Continue Reading

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने

चैत २९, काठमाडौ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने भएको छ । प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक बोलाइएको थियो । उक्त बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका हुन् । सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । […]

Continue Reading