भाउजुलाई कुटपिट गरी भाग्न खोज्दा…….

दैलेख, ५ माघ (जागरण) । दैलेखेका ठाँटीकाध गाउँपालिका–३ बिसल्लाका कपेन्द्र शाहीले भाउजुलाई कुटपिट गरि भाग्दा लडेर गम्भीर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार राती कपेन्द्रले आफ्नै भाउजु ४० वर्षीया पदमाकुमारी शाहीलाई फलामको रडले प्रहार गरि दाँया गालामा र गर्दनमा चोट लागेको र आफु भाग्ने क्रममा लड्दा उनि घाइते भएका थिए । […]

Continue Reading

कर्णालीबाट बालबालिका हराउने क्रम बढ्दै

जुम्ला, ५ माघ (जागरण) । कर्णालीबाट बालबालिका हराउने क्रम बढेको छ । जुम्लाका १९ बालबालिका हराएको लामो समय भइसक्दा पनि भेटिन सकेका छैनन । २०७७ साउनदेखि अहिलेसम्म १९ बालबालिका हराएको र उनिहरुको खोजी भइरहेको प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका अनुसार जिल्लाका १९ बालबालिका हराइरहेका छन […]

Continue Reading

सहकारीमार्फत ऋण लिने किसान कृषकहरु व्यवसायी बन्दै (अडियोसहित)

नन्द कठायत । सुर्खेत, ५ माघ (जागरण) । पछिल्लो समय सहकारीमार्फत ऋण लिएर कृषकहरु व्यवसायी बन्न थालेका छन् । रकम अभावमा व्यवसायी बन्न नसकेका कृषकहरु सहकारीमार्फत ऋण लिएर व्यवसायी बन्न थालेका हुन । सुन्नुहोस अडियोमा..

Continue Reading

बगैचामै स्याउ व्यवस्थापनबारे तालिम (अडियोसहित)

मान बहादुर कुँवर । जुम्ला, ५ माघ (रेडियो खुल्ला आँकाश) । जुम्लाका स्याउ किसानहरुलाई बगैचामै स्याउ व्यवस्थापनबारे तालिम दिन थालिएको छ । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन इकाई स्याउ सुपरजोन जुम्लाले कृषकको बगैंचामै पुगि स्याउ व्यवश्यापनबारे तालिम दिन थालेको हो । स्याउ बगैँचा व्वस्थापनमा ज्ञान नहुँदा समस्या भएको गुनासो बढेपछि स्याउ बगैँचा व्यवस्थपन अभियान तालिम […]

Continue Reading

कृषकहरुको एकिन तथ्याङ्क संकलनका लागि सूचीकरण गरिने (अडियोसहित)

सुर्खेत, ५ माघ (जागरण) । कर्णाली प्रदेशका कृषकहरुको एकिन तथ्याङ्क संकलनका लागि सूचीकरण गरिने भएको छ । कृषि विकास कार्यक्रमलाई वैज्ञानिक, पारदर्शी र प्रभाकारी बनाउन तीन तहकै सरकारले कृषकहरुको सूचीकरण गर्न लागेका हुन् । केन्द्र, प्रदेश र स्थानीय सरकारबाट संचालन हुने कार्यक्रममा दोहोरोपना नहुने गरी प्रयोग गर्ने सोचले कृषकहरुको सूचीकरण गर्न लागिएको जनाइको छ । […]

Continue Reading

कर्णालीमा सवारी दुर्घटना बढ्दै (अडियोसहित)

भावना राना । सुर्खेत, २८ पुष (जागरण) । कर्णाली प्रदेशमा दैनिक सवारी दुर्घटना बढिरहेका छन् । सवारी चाप बढेसँगै ट्राफिक नीयमको पालना नहुँदा दुर्घटना बढेको हो । दुर्घटना न्युनिकरणका लागि कडा नीयम बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन । सुन्नुहोस अडियोमा ।

Continue Reading

विद्यालयमा खानेपानी छैन

सावित्रा उपाध्याय । सुर्खेत, २८ पुष (जागरण) सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा रहेको गंगामाला आधारभूत विद्यालयमा खानेपानीको व्यवस्था नहुदा समस्या भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा खानेपानी, शौचालय लगायतको व्यवस्था राम्रो नहुदा आफ्हरुलाई पठन–पाठनमा समस्या भएको कक्षा ८ मा अध्यानरत छात्र अभियान रेग्मीले कर्णाली रैबारलाई गुनासो गर्नुभयो । विद्यालयका प्रध्यानाध्यापक दान बहादुर […]

Continue Reading

राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन नेकपा नेता शर्माको प्रस्ताव

सुर्खेत, २८ पुष (जागरण) । नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गर्नुभएको छ । सबै क्षेत्र, जातजाति, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, महिला लगायतका विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको सहभागितामा आन्दोलन भए पनि उपलब्धि भने केही सीमित राजनीतिक दलको हातमा परेको भन्दै नेता शर्माले यस्तो प्रस्ताव […]

Continue Reading

आन्दोलनरत विद्यार्थीलाई निस्कासन गर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालयको चेतावनी, विद्यार्थीको माग पुरा गर्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, २८ पुष (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले आन्दोलनरत विद्यार्थीलाई निस्कासन गर्ने धम्की दिनुभएको छ । विश्वविद्यालयमा उत्पन्न पछिल्लो घटनाक्रमबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति सिंहले विद्यार्थीका माग पूरा गर्न नसकिने भन्दै उनीहरुलाई निस्कासन गर्ने चेतावनी दिनुभयो । केही क्याम्पस प्रमुख र प्रध्यापकको उक्सावटमा विद्यार्थीहरुले अनआवश्यक उदण्ड मच्चाएको […]

Continue Reading

सल्यानमा स्वास्थ्य बिमा लागू, बिमामा आबद्ध हुन स्वास्थ्य राज्यमन्त्री रावतको आग्रह

जागरण सुर्खेत, २७ पुस । ६३ औँ जिल्लाका रुपमा सल्यान जिल्लामा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सल्यानको खलंगामा एक औपचारिक कार्यक्रमकाबीच स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमको उद्घाटनपछि बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपाली नागरिक कोही पनि उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको […]

Continue Reading