एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्दै

असोज १९, काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्ने भएका छन् । लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुग्यो । गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समिकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो । ललितपुरले हिजो […]

Continue Reading

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

असोज १९,काठमाण्डौ । दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको […]

Continue Reading

वर्षा भएसँगै डेङ्गीको सङ्क्रमण बढ्यो, देशभर १४ हजारभन्दा धेरै बिरामी

असोज १९, काठमाण्डौ । देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा धेरै पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । केही दिनअघि पानी परेका कारणले डेङ्गी सङ्क्रमण बढाएको उहाँले बताउनुभयो । अहिलेसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको […]

Continue Reading

कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी २ सय ५९ जनाको मृत्यु

असोज १६, सुर्खेत । कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी २ सय ५९ जनाको मृत्यु भएको छ । भने ९ सय १४ जना सवारी दुर्घटनाबाट घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷०८० मा १ सय ३१, २०८०÷८१ मा १ सय १२ र चालु […]

Continue Reading

आजदेखि मौसममा क्रमिक सुधार आउने

 असोज १३, काठमाण्डौ । आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी प्रदेशका पनि थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस […]

Continue Reading

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

असोज १३, काठमाण्डौ । दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ । सरकारले यसअघि दशैँका […]

Continue Reading

आज विश्व मुटु दिवस ः ‘काम गरौँ, मुटु बचाऔँ’ नाराका साथ मनाईंदै

असोज १३, काठमाण्डौ । आज विश्व मुटु दिवस मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ नेपालमा पनि विश्व मुटु दिवस मनाईंदैछ । स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या निम्तन सक्ने मुटुरोग विशेषज्ञ बताउँछन् । धूमपान, जाँडरक्सी खाने, […]

Continue Reading

बाढी पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो, ६७ जना बेपत्ता

असोज १३, काठमाण्डौ । वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाको मृत्यु भएको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँच÷पाँच जनाको मृत्यु […]

Continue Reading

दशैँको लागि लामो र मध्यम दूरीको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु

असोज १२, काठमाण्डौ । सरकारले दशैँका लागि आजदेखि लामो र मध्यम दूरीको अग्रिम टिकट बुकिङ खुला गरेको छ । काठमाण्डौ उपत्यकाबाट चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला भएको हो । घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आज बिहानैदेखि यात्रुको भीड छ […]

Continue Reading

बाढीपहिरोमा परी अहिलेसम्म ८ जनाको मृत्यु, आज दिनभर घनघोर वर्षाको सम्भावना

असोज १२, काठमाण्डौ । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा विपदका घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । पहिरोबाट पाँचथर, धनकुटा, काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौ र ललितपुरलगायत जिल्लामा मानवीय क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । केही बेपत्ता रहेका छन् । तर क्षतिको पूरा विवरण आउन बाँकी नै […]

Continue Reading