भानु इन्टरप्राइद्धारा पौष १३ देखि १८ सम्म टिभिएस स्मार्ट एक्सचेञ्ज अफर

पौष १४,सुर्खेत। भानु इन्टरप्राइजेज, सुर्खेतले टिभिएस स्मार्ट एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ। सुर्खेतको वीरेन्द्रनगर–४, यरीचोकमा अवस्थित उक्त इन्टरप्राइजेजले यही पौष १३ गतेदेखि १८ गतेसम्म विशेष एक्सचेञ्ज योजना सञ्चालन गर्ने जनाएको छ। यस अफरअन्तर्गत जुसुकै कम्पनीको पुरानो मोटरसाइकल साटेर नयाँ टिभिएस मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार ग्राहकले आफ्नो पुरानो सवारी साधनको न्यूनतम […]

Continue Reading

कर्णाालीमा सामुदायिक बीउ बैंक विस्तारमा विशेष पहल गर्नु पर्ने सरोकारवालाहरुको जोड ; सरकार तयार रहेको मन्त्री शाहको भनाई

कृष्णा शर्मा , मंसिर १० सुर्खेत ।  कर्णालीमा उत्पादन हुने रैथाने बाली संरक्षणका लागि सरकारले सामुदायिक बिउ बैंकको अवधारणा विस्तारमा विशेष पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोडदिएका छन्। बुधवार सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा सामुदायिक बिउ बैंक ः वर्तमान अवस्था र विस्तारको आवश्यकता’ विषयक प्रदेशस्तरीय नीति संवाद कार्यक्रममा सहभागी सरोकारवालाहरूले सामुदायिक बिउ बैंक विस्तारलाई अपरिहार्य बताएका हुन् । […]

Continue Reading

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

१० कात्तिक ,काठमाडौँ  । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। सोमबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन्। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको […]

Continue Reading

रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कात्तिक ७ सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन्।स्थानीय युवा विजय अधिकारीका अनुसार अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ। उनका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप झारमारेमा दुर्घटनाग्रस्त भएको […]

Continue Reading

तिहारको अन्तिम दिन आज भाइटीका मनाईयो

कात्तिक ६ ,सुर्खेत । तिहारको अन्तिम दिन आज भाइटीका लगाएर मनाईएको छ। आजका दिनलाई यमपञ्चकसमेत भनिन्छ। यस वर्षको भाइटीकाको शुभसाइत ११:३९ बजे  थियो। समय हुनेले शुभसाइतमै भाइटीका लगाउने गर्दछन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमै भाइटीका ग्रहरण गरेका थिए। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा […]

Continue Reading

तिहारको मुख्य दिन आज भाइटीका ः उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

कात्तिक ६ काठमाण्डौँ । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका ।भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य […]

Continue Reading

प्रहरीलाई घुस खुवाउँछु भन्ने व्यक्ति नै प्रहरीको फन्दामा

सुर्खेत, १८ असार । प्रहरीलाई घुस खुवाएर हिरासतमा रहेको व्यक्तिलाई छुटाइदिने आश्वासन दिएर रकम असुल गरेको अभियोगमा दुई जनालाई सुर्खेत प्रहरीले प्रक्राउ गरेको छ । मुद्दा मिलाइ दिने भनि रकम असुली गरेको अभियोगमा वर्दिया गेरुवा गाउँपालीका वडा नं ३ शान्तीबजार घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा नं १० स्थिमा डेरा गरी बस्ने ४३ […]

Continue Reading

आज गणतन्त्र दिवस; विविध कार्यक्रम गरी मनाइँदै

जेठ १५ । आज १८ औँ गणतन्त्र दिवस देश तथा विदेशमा समेत विविध कार्यक्रम गरी मनाइँदैछ । यस दिनले निरंकुश राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक शासनको शुरुआत दर्शाउँछ। विसं २०६५ मा पहिलो संविधानसभाले नेपालको राजसंस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। जेठ १५ राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक […]

Continue Reading

वैदेशिक रोजगार सुरक्षित बनाउन छत्रेश्वरी गाउँपालिकाद्वारा ८६२ जनालाई अभिमुखिकरण

सल्यान, ११ वैशाख – वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउने उद्देश्यले छत्रेश्वरी गाउँपालिकाले सञ्चालन गरेको समुदायस्तरीय अभिमुखिकरण कार्यक्रमबाट ८६२ जना लाभान्वित भएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत गाउँपालिकाका सातै वडामा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिएको थियो। वैदेशिक रोजगारीमा जान चाहने, फर्किएका तथा विदेशमा रहेका व्यक्तिका परिवारजनलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका मनोसामाजिक […]

Continue Reading

एचपीभी खोप अभियान बारे संञ्चारकर्मिहरु संग अभिमुखिकरण कार्यक्रम संञ्चालन

सुर्खेत १५ माघ। एचपीभी विरुद्धको खोप अभियान बारे सुर्खेतका संञ्चारकर्मिहरु संग अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम संञ्चालन  गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा मंगलबार एचपीभी विरुद्धको खोप अभियान बारे सुर्खेतका संञ्चारकर्मिहरु संग अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम संञ्चालन संञ्चालन गरिएको हो । सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरका १० देखि १४ वर्षसम्मका […]

Continue Reading