गरिबीले छेकेन पढ्न, सांसद रावत बने गोबिन्दको अभिभावक

सुर्खेत, ८ वैशाख (जागरण) । आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित सुर्खेतको पञ्चपुरी नगरपालिका ५ का एक बालकको सांसद नवराज रावतले अभिभावकत्व ग्रहण गर्नुभएको छ । बुवा गुमाएका सात वर्षीय गोविन्द बिसीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद रावतले अभिभावकत्व ग्रहण गर्नुभएको हो । गोबिन्दकी आमा शोभा बिसीले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै […]

Continue Reading

चौकुनेका अध्यक्ष शाही बने रन्जनाको अभिभावक, छोराछोरी भर्ना नगर्नेलाई कारवाही गरिने

सुर्खेत, ६ वैशाख (जागरण) । दुई वर्षभित्र नेपाललाई निरक्षरमुक्त बनाउने अभियानमा सरकार जुटिरहेको बेला अहिले राष्ट्रिय भर्ना अभियानलाई तिव्रता दिईएको छ । भर्ना अभियानलाई सफल बनाउन भन्दै प्रधानमन्त्री, मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधीहरुले समेत बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका छन् । सोही अभियानलाई साथ दिँदै सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही एक बालिकाको अभिभावक बन्नुभएको छ । […]

Continue Reading

बोर्डिङ्ग छोडेर सरकारी, विद्यार्थीको चाप सामुदायिक विद्यालयमा बढ्यो

मुना हमाल । सुर्खेत, ६ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगरकी विश्लेशा कँडेल पहिला एक निजी विद्यालयमा पढ्नुहुन्थ्यो । अंग्रेजी माध्ययमबाट पढाई हुने भएर नै उहाँ निजीमा पढ्नुहुन्थ्यो । महिनैपिच्छे महंगो शुल्क तिरेर पढ्नुपर्दाको दुःख उहाँलाई भन्दा पनि उहाँको अभिभावकलाई बढी थियो । त्यसैक्रममा उहाँले जनमाध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुन्छ भन्ने थाहा पाउनुभयो । त्यसपछि […]

Continue Reading

प्रधानमन्त्री ओली बने खत्वे र डोम विद्यार्थीका अभिभावक

सिराहा, ५ वैशाख (जागरण) । प्रधानमन्त्री केपी शर्मा ओली सिरहाको कल्याणपुर नगरपालिका( ११ का विपन्न दलित समुदायका दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नारासहित कल्याणपुरस्थित रामदुलारी माविमा बुधबार आयोजित विद्यार्थी भर्ना अभियान– २०७५ अन्तर्गत प्रधानमन्त्री ओलीले कक्षा १ की रूपाकुमारी खत्वे र पवन […]

Continue Reading