देशभरका ६ सय ७० पालिकाद्वारा जमिनको नक्सा अद्यावधिक

मंसिर २९, काठमाण्डौ । देशभरका ६ सय ७० पालिकाले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती पालिकाले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ पालिकाले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २ सय ६१ पालिकाले आधार तथा मापदण्ड नक्सा अद्यावधिक गरी […]

Continue Reading

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज सुर्खेतमा

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशले आज शनिवार सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ । सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपाकी नेता विमला केसीले जानकारी दिइन् । उनका अनुसार सभालाई सम्बोधन गर्न नेता वामदेव गौतम र भीम रावल पनि सुर्खेत आउँदै […]

Continue Reading

एमालेको ११औँ महाधिवेशन आजदेखि : उद्घाटन समारोह आकर्षक बनाउने तयारी

मंसिर २७, काठमाण्डौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुर सल्लाघारीको खुला चौरमा गर्ने तयारी छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सबै तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा दुई […]

Continue Reading

मन्त्रीपरिषद् विस्तार : नवनियुक्त चार जना मन्त्रीबाट शपथ ग्रहण

मंसिर २६, काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त चार जना नयाँ मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । थपिएका नयाँ मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहनुभएको छ । श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा […]

Continue Reading

केही ठाउँमा आंशिक बादल, धेरै ठाउँको मौसम सफा

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल छ भने, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बादल र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

Continue Reading

विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा सहजिकरण गर्न मुख्यमन्त्री कडेलको आग्रह

मंसिर २४, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशसभाका सदस्यहरूलाई आफ्नो–आफ्नो जिल्लामा विनियोजित विकास बजेट प्रभावकारी रूपमा खर्च गर्न सहज वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगले आज आयोजना गरेको आयोजनाको प्रस्ताव तथा छनोट, आयोजना बैंक, ससर्त, समपुरक र विशेष अनुदान कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विगत वर्षहरूमा समेत […]

Continue Reading

सुर्खेतको सिम्तामा कक्षा शिक्षण सिकाइ अभ्यासहरुको अनुभव आदानप्रदान कार्यक्रम

मंसिर २२, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा कक्षा शिक्षण सिकाइ अभ्यासहरुको अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र (स्याक) नेपालको समुन्य र सिम्ता गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा “गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा बजेट व्यवस्थापनका लागि स्थानीय तहको क्षमता विकास सवलीकरण कार्यक्रम अन्तर्गत“ […]

Continue Reading

वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर २२, काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकास्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष दमाईसहित सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो […]

Continue Reading

पश्चिमी वायुको आंशिक प्रभाव

मंसिर २२, काठमाण्डौ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल रहेको छ भने, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक÷दुई ठाउँमा हल्का वर्षा र […]

Continue Reading

गण्डकी प्रदेशको हिमाली एक÷दुई ठाउँमा आज हल्का वर्षा÷हिमपातको सम्भावना

मंसिर २०, सुर्खेत । आज गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भागको एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बादल छ […]

Continue Reading