संघीयता कार्यान्वयनमा पत्रकारको महत्वपूर्ण भूमिकाः सभामुख गुरुङ

३१ असार,सुर्खेत कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संघीयता कार्यान्वयनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कानून निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख गुरुङले समाजको ऐनाको रुपमा रहेका पत्रकार तथा सञ्चारकर्मीहरुको जिम्मेवारपूर्ण कार्यले सुशासन कायममा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख […]

Continue Reading

आज देशका यी स्थानमा हुने छ भारी वर्षा

असार ३१, काठमाण्डौ । आज देशभर साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनूसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालयको बजेट स्वीकृत

असार ३०, काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ ४६ करोड २५ लाख […]

Continue Reading

देशका धेरैजसो ठाउँमा वर्षा, पछिल्लो एक घण्टामा रुकुमकोटमा सबैभन्दा धेरै पानी पर्‍यो

२९ असार  – अहिले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहको छ । जल तथा मौमस पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो एक घण्टामा रुकुम, कास्की, सिन्धुपाल्चोक र जुम्लामा सबैभन्दा धेरै वर्षा भएको छ । रुकुमको रुकुमकोटमा सबैभन्दा धेरै २० दशमलव २ मिलिमिटर पानी परेको मौसमविद् दाहालले बताउनुभयो । यसैगरी कास्कीमा १४ दशमलव ६ […]

Continue Reading

रसुवा बाढीमा अहिलेसम्म ११ जनाको शव भेटियो, १७ जना अझै बेपत्ता

२९,असार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । सरकारले आज आइतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले अहिलेसम्म ११ जनाको शव भेटिएको र तीमध्ये कुनै मानव […]

Continue Reading

क्यान्सरका दुर्लभ औषधि र स्वास्थ्य सामग्री चार वटा अस्पताललाई हस्तान्तरण

२९,असार स्वास्थ्य मन्त्रालयलाई प्राप्त भएका क्यान्सर रोगका दुर्लभ औषधि र स्वास्थ्य सामग्री चार वटा अस्पताललाई हस्तान्तरण भएको छ । क्यान्सरको उपचार हुने काठमाण्डौको वीर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई अत्यावश्यक औषधि हस्तान्तरण गरिएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ । यी चार वटा अस्पतालमा क्यान्सरका […]

Continue Reading

राप्रपा अनुशासन समितिको अध्यक्षबाट हटाइएपछि नवराज सुवेदीद्वारा निर्वाचन आयोगमा उजुरी

२९ असार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिनुभएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई मनोनीत गर्नुभएको थियो । त्यो निर्णयविरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवलशमशेर जबरा र […]

Continue Reading

छाउगोठमा सुतेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यू

२९, असार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईँ को सर्पले डसेर मृत्यू भएको छ । महिनावारी भएको समयमा घरको आँगनमै रहेको छाउगोठमा सुत्न गएका बेला उहाँलाई गएराति १२ बजेको समयमा सर्पले डसेको थियो । तत्काल उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो । अस्पतालमा उपचारका क्रममा कमलाको मृत्यू भएको जिल्ला प्रहरी […]

Continue Reading

कर्णालीसहित चार प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

असार २७, काठमाण्डौ । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही ठाउँहरुमा तथा बाँकी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने […]

Continue Reading

५२ जिल्लामा बाढीको मध्यम जोखिम

आज ५२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, रोल्पा, दाङ, दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, बझाङ, बाजुरा, कपिलवस्तु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, गोरखा, लमजुङ, सोलुखुम्बु, सङ्खुवासभा, रामेछाप, खोटाङ, पाँचथर, इलाम आसपासका जिल्ला भई बहने स–साना […]

Continue Reading