कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

वैशाख २९ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रदेशको समग्र विकास र समृद्विमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कंडेलले जेठ ४ गते सर्वदलीय बैठक बोलाउनु भएको हो । समृद्वि र विकास सबैको साझा सरोकारको विषय हो, एक्लाएक्लै हिंडनुभन्दा सबै राजनीतिक दलहरूबीचको साझा सहमति […]

Continue Reading

मङ्गलवारसम्म तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बैशाख २९, काठमाण्डौ । आउँदो मङ्गलवारसम्म देशका तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ । यो हप्ताको मध्य अर्थात् भोलि आइतवार, पर्सि सोमवार र मङ्गलवारसम्म गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँ तथा बाँकी पहाडी भू–भाग र तराई क्षेत्रका थोरै ठाउँमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कृषि–मौसम सल्लाह […]

Continue Reading

रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

वैशाख, २८ सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा आज मध्याह्न दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले दुर्घटनामा परी तीन जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि […]

Continue Reading

कालीकोटमा जिप दुर्घटना ,१२ जना घाइते

वैशाख २८, कालीकोट । कर्णाली करिडोर अन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाता गाउपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति १० बजे दुर्घटना हुँदा पतालाका स्थानीय घाइते भएका हुन् । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि कालीकोट जिल्ला अस्पताल मान्मले […]

Continue Reading

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि

बैशाख २८, काठमाण्डौ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्दैछ । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ । यही अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति […]

Continue Reading

पहाडी भेगका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा , भोलि र पर्सि फेरि पर्ने

बैशाख २८, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोपख पानी पर्ने क्रम रोकिनेछ । आज दिउँसो कतैकतै केहीबेर मात्रै फाट्फुट्ट पानी पर्ने सम्भावना छ । […]

Continue Reading

दैलेखमा चट्याङ लागेर पाँचजना घाइते

बैशाख २७ सुर्खेत । दैलेखमा बुधवार चट्याङ लागेर पाँचजना घाइते भएका छन् । नौमुले गाउँपालिका वडा नम्बर ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा परेको चट्याङले घाइते भएका हुन् । घाइते हुनेहरूमा शिवशक्ति माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र ९ बर्षका विश्व बिकास रावत, ९ बर्षकै यामबहादुर चन्द कक्षा ७ मा अध्ययनरत छात्रा १३ वर्षकी […]

Continue Reading

समाजवादको जग बसााल्ने गरी काम गर्न जनप्रतिनिधीलाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव

बैशाख २६, सुर्खेत । समाजवादको जग बसााल्ने गरी काम गर्न स्थानिय तहका जनप्रतिनिधीहरुलाई एमाले उपमहासचिव एवं स्कुल विभागका प्रमुख प्रदिप ज्ञवालीले सुझाव दिनु भएको छ । आज स्थानिय तहमा निर्वाचित जनप्रतिनिधहरुका लागी कर्णाली प्रदेश स्तरीय प्रशिक्षण शिविर कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । स्थानिय तहको सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउनका […]

Continue Reading

जलवायू परिवर्तनले ल्याएको परिवर्तन संग संघर्ष गर्नु पर्ने बेला आएको उर्जा मन्त्री परीयारको जिकिर ।

बैशाख २६, सुर्खेत । जलवायू परिवर्तनले ल्याएको परिवर्तन संग कर्णाली प्रदेशले पनी संघर्ष गर्नु पर्ने बेला आएको उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परयिारले बताउनु भएको छ । उत्थानशील समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको माध्ययमबाट नेपालको जलवायु संकटासन्नता सम्बोधन गर्नेको निष्कर्षमा (अनुसन्धान परियोजना ) अन्तरगत प्रदेश स्तरिय अन्तरक्रिया कार्यशाला मन्त्री परियारले यस्तो बताउनु भएको हो […]

Continue Reading

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

वैशाख २६, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा […]

Continue Reading