पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

वैशाख, २४ सुर्खेत । सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । निर्णयअनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक […]

Continue Reading

कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्ण हमाल नियुक्त

वैशाख, २४ सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त हुनुभएको छ । हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनियताको शपथसमेत लिर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराउनुभएको […]

Continue Reading

 जाजरकोटको कुशे गाउँपालिकामा बनाइदियो  सेनाले हेलिप्याड

बैशाख २४ सुर्खेत । नेपाली सेनाले जाजरकोटको कुशे गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण गरेको छ । आइतबार सेनाले आपत्कालिन उद्दारका लागि निर्माण गरेको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको हो । कुशे गाउँपालिका–६ थर्पुभर्मामा निर्माण गरिएको हेलिप्याड उत्तर पश्चिम पृतना सुर्खेतका पृतनापति उपरथी कृष्णदेव भट्टले गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई हस्तान्तरण गरेका हुन् । कर्णाली प्रदेशका अधिकांश जिल्लाहरु भौगोलिक रुपमा […]

Continue Reading

वर्षाका कारण डढेलो निभ्न थाल्यो, हिजोभन्दा आज धेरै ठाउँमा पानी पर्ने सम्भावना

बैशाख २४, काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा डढेलो निभेको हो । तर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने डढेलो कायमै छ । हिजो कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पानी परेको थियो । पानी परेका ठाउँमा डढेलो […]

Continue Reading

देशभर आगलागीका घटना बढ्दो, तीनवटै तहका सरकार अलमलमा

बैशाख २२, काठमाण्डौ । देशभर आगलागीका घटना बढ्दै जाँदा यसको नियन्त्रण र रोकथामको लागि सरकारले प्रभावकारी काम गर्न सकेको छैन । एकातिर आगो निभाउने स्रोत, साधन र जनशक्तिकै कमी छ । अर्कोतर्फ आगलागी रोकथामको लागि जनचेतनामुलक अभियान प्रभावकारी बन्न सकेको छैन । आगलागी पीडितको समयमै उद्धार र राहतको काममा पनि तीन तहका सरकारबीच समन्वय हुन […]

Continue Reading

अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते

बैशाख २१ रुकुमपश्चिम । रुकुमपश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । शुक्रबार आज आठविसकोट नगरपालिका वडा नम्बर ९ स्थित खहरेपिपलमा रा१ह ४८०२ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो । आठविसकोट नगरपालिका १० को काफलचौरबाट वडा नम्वर ९ को राडि बजारतर्फ आउँदै गरेको अटोरिक्सा दुर्घटना हुँदा अटोमा सवार सात जना घाइते भएको […]

Continue Reading

शनिबार देशका यी स्थानमा हुने छ वर्षा

वैशाख १५, काठमाडौं । शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशको बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली […]

Continue Reading

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

बैशाख १३, डोल्पा । हिमाली जिज्ला डोल्पामा आउँदो जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिनुभयो । बैठकले यार्सा सङ्कलन […]

Continue Reading

दैलेखमा सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै

बैशाख ११, दैलेख । दैलेखमा सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आइतवारदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर पिरमर्का, गुनासो वा असन्तुष्टि सुन्ने र प्रक्रियागत झन्झटलाई सहज गरी सेवाग्राहीको काम गरी पठाउने दैनिक तालिका बनाएर काम थाल्नुभएको छ । गुराँस गाउँपालिका–६ जोरेबाँझकी […]

Continue Reading

दैलेखमा एउटै बँदेलले सात जनालाई टोक्यो

बैशाख ११, दैलेखमा । दैलेखमा  रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पु¥याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ । आज मङ्गलवार दिउँसो भैरवी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयवासीलाई बँदेलले टोकेको छ । एउटै बँदेलको टोकाइबाट सात जना घाइते भएका छन् । घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा टोलका बारीमा गहुँ काट्दै […]

Continue Reading