आज अन्तर्राष्ट्रिय नर्स दिवस

बैशाख ३०, २०८१ काठमाण्डौ । आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ’नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा नेपालका नर्सिङ्ग कलेज तथा सम्बन्धित संघसंस्थाले कार्यक्रम गर्दैछन् । ’लेडी विथ द ल्याम्प’को उपनामले चिनिने फ्लोरेन्स नाइटिंगेलको […]

Continue Reading

रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

वैशाख, २८ सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा आज मध्याह्न दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले दुर्घटनामा परी तीन जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि […]

Continue Reading

कालीकोटमा जिप दुर्घटना ,१२ जना घाइते

वैशाख २८, कालीकोट । कर्णाली करिडोर अन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाता गाउपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति १० बजे दुर्घटना हुँदा पतालाका स्थानीय घाइते भएका हुन् । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि कालीकोट जिल्ला अस्पताल मान्मले […]

Continue Reading

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि

बैशाख २८, काठमाण्डौ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्दैछ । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ । यही अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति […]

Continue Reading

पहाडी भेगका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा , भोलि र पर्सि फेरि पर्ने

बैशाख २८, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोपख पानी पर्ने क्रम रोकिनेछ । आज दिउँसो कतैकतै केहीबेर मात्रै फाट्फुट्ट पानी पर्ने सम्भावना छ । […]

Continue Reading

वर्षाले सबै ठाउँको डढेलो निभायो, शनिवारसम्म पानी पर्ने

बैशाख २७, काठमाण्डौ । पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभेको छ । ६ दिन अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेकोमा अहिले देशका कुनै पनि ठाउँमा डढेलो नभएको वन तथा भूसंरक्षण विभागको डढेलो अनुगमन प्रणालीले जनाएको छ । आइतवार र सोमवार परेको पानीले पूर्व र मध्य क्षेत्रको डढेलो निभाएको थियो । अस्ति र […]

Continue Reading

दैलेखमा चट्याङ लागेर पाँचजना घाइते

बैशाख २७ सुर्खेत । दैलेखमा बुधवार चट्याङ लागेर पाँचजना घाइते भएका छन् । नौमुले गाउँपालिका वडा नम्बर ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा परेको चट्याङले घाइते भएका हुन् । घाइते हुनेहरूमा शिवशक्ति माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र ९ बर्षका विश्व बिकास रावत, ९ बर्षकै यामबहादुर चन्द कक्षा ७ मा अध्ययनरत छात्रा १३ वर्षकी […]

Continue Reading

जलवायू परिवर्तनले ल्याएको परिवर्तन संग संघर्ष गर्नु पर्ने बेला आएको उर्जा मन्त्री परीयारको जिकिर ।

बैशाख २६, सुर्खेत । जलवायू परिवर्तनले ल्याएको परिवर्तन संग कर्णाली प्रदेशले पनी संघर्ष गर्नु पर्ने बेला आएको उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परयिारले बताउनु भएको छ । उत्थानशील समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको माध्ययमबाट नेपालको जलवायु संकटासन्नता सम्बोधन गर्नेको निष्कर्षमा (अनुसन्धान परियोजना ) अन्तरगत प्रदेश स्तरिय अन्तरक्रिया कार्यशाला मन्त्री परियारले यस्तो बताउनु भएको हो […]

Continue Reading

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

बैशाख २६, काठमाण्डौ । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिएर आमाको मुख हेर्ने गरिन्छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका काम […]

Continue Reading

पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

वैशाख, २४ सुर्खेत । सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । निर्णयअनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक […]

Continue Reading