‘अछुत्’ सार्वजनिक (भिडिओ सहित)

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेतमा निर्माण भएको समाजिक कथानक चलचित्र ‘अछुत्’ सार्वजनिक भएको छ ।

काँक्रेविहार मुभि हाउसले निर्माण गरेको चलचित्र ‘अछुत्’ आजदेखि युट्युवमार्फत् सार्वजनिक भएको हो । सदियौँ देखि रहँदै आएको जातिय विभेदलाई अन्त्य गर्ने अभियानमा प्रोत्साहनको अपेक्षासहित चलचित्र निर्माण गरिएको हो ।

समाजसेवी बालकृष्ण सुनारको लेखन, निर्देशन तथा निर्माणमा रहेको चलचित्रमा प्रेमदेव गिरी, प्रकाश पौडेल, सञ्जिव बराल, सपना सापकोटा, जीवन विसी, गीता कटुवाललगायत दुई दर्जन कलाकारहरुको अभिनय रहेको छ भने छायाङ्कन अकबर खान, सम्पादन बलभद्र बौडेल र संगीत तिलक गन्दर्भको छ ।

चलचित्र यसअघि सुर्खेत, दैलेख, रुपन्देही लगायतका जिल्लामा गरी करिव ४० हजार दर्शकले प्रत्येक्ष रुपमा हेरेर मन पराएको र दर्शकहरुबाट व्यापक मागपछि युट्युबमा सार्वजनिक गरिएको लेखक, निर्देशक तथा निर्माण सुनारले बताउनुभयो ।

यस चलचित्रबाट सामाजिक विभेद र उत्डिनका घटनाहरुमा न्यूनिकरण भई समाजमा सबैमा भातृत्व, भाइचारा, एकता तथा सद्भाव कायम गर्न सहयोग पुगेको उहाँको भनाई छ ।

हेर्नुहोस् पूरा चलचित्रः