गजल: मान्छेहरु…

लेखक: कृष्णप्रसाद खरेल, सुर्खेत

………………………

 

आफ्नो मात्र स्वार्थ खिच्न , पल्केका यी मान्छेहरु ।
जता बलियो उतै तिर , ढल्केका यी मान्छेहरु ।।

बाबू आउने सहारामा , घरमा छोरी रुदै होलि ।
रक्सी पिउदै साहुनिसङ्ग,सल्केका यी मान्छे हरु ।।

मन भित्र काला काला , बिचारहरु सङ्गालेर ।
बाहिर मात्र पोशाकमा, टल्केका यी मान्छेहरु ।।

अभावमा नाङ्गै थिए , प्राचीनकालका आदिवासी ।
सभ्यताका नाममा आज,नाङ्गै झल्केका यी मान्छेहरु ।।

पृथ्वी लाई नै घोप्ट्याउन , तम्सिरहेछन आज सबै ।
आफ्नै काट्टो खान खोज्ने , गिदी बल्केका यी मान्छेहरु ।।

आफ्नो मात्र स्वार्थ खिच्न , पल्केका यी मान्छेहरु ।
जता बलियो उतै तिर , ढल्केका यी मान्छेहरु ।।

.…………………………………………

-(लेखक खरेल हाल लेकवेसी नगरपालिका सुर्खेतका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ ।)