यसपालीको बजेट खर्च हुने गरी ल्याइनुपर्छः रोकाय

कृति सुवेदी ।
सुर्खेत, २९ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेको छ । अव प्रदेश सरकार बजेटको तयारीमा छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ? जनतासँग जनप्रतिनिधिमा हामिले जुम्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभा निर्वाचित प्रदेशसभा सदस्य पदम बहादुर रोकायसँग कुराकानी गरेका छौँ ।

१) कर्णालीको नीति तथा कार्यक्रमबारे तपाईंको प्रतिक्रिया के छ ?
नीति तथा कार्यक्रमबारे सबैले आफ्नो आफ्नो धारणा राख्यौँ । नमिलेका कुरा तीन दिनसम्म छलफल ग¥र्यौँ मिलायौँ । कोरोना भाइरस केन्द्रित नीति तथा कार्यक्रम आएको छ अब त्यहिअनुसार नै बजेट पनि आउँछ ।

२) अब बजेट सार्वजनिक हुने बेला पनि भयो, के कस्ता कुरा बजेटमा समेटिनुपर्छ ?
नीति तथा कार्यक्रममा पनि अहिले सबै माननियहरुले पनि त्यहि कुरा उठाएका छौँ पहिला रोग र भोकबाट बच्नुपर्छ, विकास निर्माणका काम त पछि गर्दा पनि हुन्छ । त्यसकारण यसपटकको बजेट कोरोनाको महामारिबाट बच्न र यसबाट उत्पन्न हुने भोकमरी र जनतालाई कसरी बचाउने भन्ने मै केन्द्रित गर्नुपर्छ । नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ ।

३) विगतमा बजेट खर्च नै नहुने र योजना कार्यान्वयन नै नहुने गरेकोमा अब अब के गरेमा यस्तो समस्या समाधान होला ?

पहिलाको बजेट त अब पहिलो वर्ष नीति नै अस्पष्ट भएकाले त्यसो भएको हो । अनि यसपाली कोरोनाले पनि कार्यान्वयनमा कठिनाई भयो । यसपटक भने यसो नहोला कोरोनाले केहि हदसम्म गाह्रो होला तर बजेट नै कोरानामा केन्द्रित गरियो भने कार्यान्वयन हुन्छ । केहिहद सम्म कार्यान्वन नहुनसक्छ तर धेरै खर्च हुन्छ ।