यसपालिको तीजमा जमिनै थरर…(भिडियो सहित)

काठमाण्डौँ, २ असार (जागरण) । नेपाली हिन्दु महिलाहरुलाई महान चार्ड हरितालिका तीजको रौनकताले छोइसकेको बेला नयाँ मौलिक तीज कोशेली सार्वजनिक भएको छ ।

यसपालीको तीजलाई लक्षित गरी चर्चित गायिका टीका पुनको आवाज, गायक तथा सर्जक रेशम ओलीको शव्द रचना र प्रमिला सुवेदी ओलीको निर्माणमा तीज गीत कोशेली जमिनै थरर… सार्वजनिक भएको हो ।

पछिल्ला तीजका गीतहरुमा मौलिकता हराउन थालिसकेको बेला शहरको आधुनिकतामा तीज पर्व मनाउनेहरुले गाउँको वास्तविकता सम्झिने खालको गीत बजारमा आएको छ ।

समाज आधुनिकताको नाममा भड्किलो संस्कारतर्फ मोडिन थालेकाले मौलिकतासहित तीजको मर्म बोकेको गीत आफूले बनाएको ओलीले जागरणलाई बताउनुभयो ।

गीतमा कविराज गिरी र पवन योगीको लय संकलन रहेको छ भने भिडियो निर्देशन चन्द्र मन्दिर मगरले गर्नुभएको छ । भिडियोमा सुधा कार्की, अस्मिता गुरुङ्ग, जानकी शाही, लक्ष्मी गिरी र लक्ष्मी शाहीलगायतले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियोः