भिडियोमा हेर्नुहोस् ‘हाम्री संगिनी’

काठमाण्डौँ, ११ साउन (जागरण) । हरितालिका तीजको रौनकताले छोइसकेको बेला नयाँ तीज गीत ‘हाम्री संगिनी’ सार्वजनिक भएको छ । तेक्वान्दो खेलाडी तथा चर्चित मोडल नन्दा बस्याल र सञ्जु लम्सालको संयुक्त तीज गीत ‘हाम्री संगिनी’ सार्वजनिक भएको हो ।

गीतको शव्द संयोजन डाक्टर कृष्णहरी बराल तथा बिबि अनुरागीको संगीतमा सञ्जु लम्सालले स्वर दिनुभएको छ । गीतको भिडियोमा खेलाडि तथा मोडल बस्यालको दमदार नृत्य देख्न सकिन्छ ।

तीजको अवसर पारेर थुप्रै गीत बजारमा आइरहेका बेला यो गीत अलि पृथक स्वादको रहेकाले स्रोता र दर्शकले मन पराइदिनेमा आफूहरु विश्वस्त रहेको बस्यालले बताउनुभयो ।

हेर्नुहोस् भिडियोः