परिवर्तन बिरोधी हर्कत् ध्वस्त पार्ने क्रान्तिकारी चे

(देव बि. क.) ‌‌

तिमी हाम्राे च्ये गाेभारा हाै । आहा हाम्रा लागि प्रिय नाम चे । जस्ले डाक्टर जीवन छाेडेर बन्दुक बोके । जस्ले जनताकाे मुक्तिको गीत गाए । हाे तपाईं हाम्राे त्यस्तै प्रिय पात्र हाे दाई । तपाईं उदाउनु भयो विद्राेह बोलेर । तपाईले पनि सयलकाे जीवन छाेडेर जनताकाे मुक्तिकाे मुद्दामा उभिनु भयो । गतिलाे जागिर र सम्मानकाे फेटा फुकाल्नु भयो र विद्राेहका लागि तयार हुनु भयो चे ले बन्दुक बोके हजुरले आवाज । सामन्तलाई सह्यै भएन आफ्नैलाई डाहा र रिस भयो । धेरैलाई तपाईँकाे भुमिका प्रति आशंका भयो आफ्नाले आफ्नाे अस्तित्त्व हराएकाे देखे । पराईले तपाइँकाे राप र उत्साह देखे अनि दुनियाका सवैकाे मिसन बन्याे तपाईं ती नव सामन्तकाे निसाना हुनु भयो । तपाईं माथि प्रहार सुरु भयो क्युवामा चे का विरुद्ध लागे झैँ यहाँ त्यसरी लागे तपाईलाई सक्नु थियाे मिसन सक्काई सुरु भयो । हामी विश्वासमा छाैँ र प्रतिवद्ध पनि तपाईँकाे कठाेर यात्राकाे सहयात्री त्यतिबेला सम्म निरन्तर हुने छ जतिबेलासम्म तपाईं र हामी भाैतिक रुपमा जहिले सम्म रहन्छाैँ । जनगायक हरुका गीतले भने झै हजार माईलकाे लामाे यात्रा पहिलाे पाईलाबाटै शुरु हुन्छ । हाे नि तपाईं अरुले बनाएकाे सडकमा हिडने पात्र हाेइन बाटाे बनाएर हिडनु भयो । बाटाे बनाएर हिड्नेलाई त कठिन हाे नि चट्टान ताेडनुपर्छ, झाडि हटाउनुपर्छ, छिचाेल्नुपर्छ, कठिनाईका श्रृङखलाहरु पन्छाउनुपर्छ लामा लामा अनुभवका दस्तावेज त तपाईं संगै त छन् । बनाएकाे बाटाे मेरै हाे भन्ने र कुद्नेलाई के थाह बाटाे बनाउनुकाे कठिनाई र संघर्ष ? प्रतिशाेध साँधेर रिस फेर्नेहरुलाई समयले जवाफ देला नि । हाे त्यस दिन दुनियाँका नव सामन्तहरु फेरी गर्ल्याम गुर्लुम्म नउठ्ने गरी फेरी पल्टने छन् र माफि पनि नपाउने गरी ।

जनताका कराेडाैँका याेजनाहरु छाेटाे समयमा भएका विकास निर्माणका कामहरु बाटाे बनाउन ताेडिएका चट्टानहरु, हावाले थलिएका स्कुलमा छतहरु, जनताकाे उज्जालोकाे लागि तिरिएका ‌ऋण र गाडिएका खम्बाहरु, गाउँ टाेलमा पूरा हुन प्रतीक्षा गरिरहेका सडकहरु, स्वास्थ्यतर्फ ल्याइएका ल्यावका स्लाइट्हरु, खानेपानी र सिंचाईका खनिएका कुला र बनाईएका टंकिहरु सार्वजनिक चाैताराहरु प्रतिक्षालय र शाैचालयहरु खेलमैदानका खाका र पर्यटन पार्कका निर्माणधिन पर्खाल वा सिंढिहरु प्रमाण हुन् । नयाँ समाज निर्माणका उदारण हुन भाैतिक विकास संग जाेडिएका किम्वदन्ति हाेईनन् यी त यथार्थ हुन् । दुनियाँले देखेका तर पनि याे भन्न तयार छैनन् । काेहि किनकी हामी र हाम्राे संस्कार नै अरुकाे कामलाई काम भन्दैन । चन्द्रमा पुजित हुन्छ तर दाग देखाउने कै वर्चस्व त छ नि । एक दिन त बदलिन्छ होला नि याे पाखण्डि साेंच, फेरिएला नि कुण्ठित संस्कार, बदलियला नि आत्मारतिमा रमाउने विद्धता । अनि त्यति बेला खाेजी हाेला आफ्नाे असली सारथी महाभारतकाे कृष्ण जस्ले सत्यकाे लडाईँमा अर्जुनकाे रथ हाँके नि हाे त्यही कृष्ण फेरी खाेजिने छ । रथ चलाउनु पर्ने नै छ गरिबीकाे विरुद्ध,सुदर्शन चक्र प्रहार गर्नु छ विभेद र कुरिति विरुध, ताेड्नुछ असमान्ताका बक्ररेखा । हटाउनै छ अशिक्षा र अन्यायका कुरुपताका पाठहरु । नयाँ समाज हाेईन कुण्ठा, डाहा रिस भरिएका विक्रित खाेपडिमा सकरात्मक साेंचले भरिएका स्वस्थ मस्तिक बनाउनु छ । बाल्यकालकाे कृष्णलाई कंशले दिएकाे पींडा हामी पाठकलाई त कति असह्य हुन्छ । हाे त्यहि पीडा र षड्यन्त्र ताेडेर त आज कृष्ष पुजित् भए । नत्र गाेपिनिसंग रमाउने कृष्ण आर्यहरुका कसरी पुजनिय हुन्छ ।यहाँ त्यही भएकाे छ । यी बलिदानिलाई फाेटाेकपी गरेर आफ्नाे नाम लेखाउन कम्मर कसेका आधुनिक समाजका आफुलाइ अरस्तु र प्लेटाे सम्झने पाखण्डि विद्वानहरुलाई विचारकाे, धैर्यताकाे बलरुपी बन्दुकले हराउनैपर्छ । हार तिनकाे निच्चित छ परम्परागत र रेडिमेड सुत्र याे लडाईँमा कहाँ प्रयाेग हुन्छ । यहाँ सृजनशिलता र रणनैतिक याेजना चाहिन्छ पँधेरामा कुरा काटेर, चाैतारामा शितल तापेर गरिएका गफहरुकाे कुनै तुक हुँदैन । लडाईँ लड्नैछ । हामिलाई थाह छ तपाईंसंगका सहयात्रीहरु दशैँमा घर आउदाँ महंगा सुट बुट ठाेकेर तडकभडक गर्दा त्यतिबेला चलन चल्तिमा रहेका रिमझिम बाटा चप्पलमा २० रुपैयाँका फित्ता फेरेर खुट्टाभरी ठेस लगाउँदै जनतासंग जनजिविकाका विषयमा छलफल गरेर खुसि साथ रमाएकाे हेर्ने हामी साँक्षिहरु जिउदैछाैँ त तपाईं हाम्राे प्रेरणाकाे श्राेत हाे । तपाईँले सिकाएकाे निष्ठा, आदर्श र प्रेरणा हाम्रा अमुल्य सम्पत्ती हुन् । हामी मृत्यु स्विकार गर्न तयार छाैँ । तपाईं प्रतिकाे विश्वास र प्रतिवद्धतामा हामी एक रत्ती विचलित छैनाैँ । काम गरेकाे डाहा मान्नेहरुसंग समयसंगै हिसावका खाता उधिन्ने छाैँ । पाखण्डपनकाे अन्तिम हिसावले जल्ने आत्माहरु जलिरहने छन् । हाे हामी त्यतिबेला जनतामा मन्चबाट जवाफ दिने छाैँ र उनीहरु सुन्ने छन् । हामी साेध्ने छाैँ जनकल्याण सहकारी संस्था लि. कस्ले डुबायाे ? जनताका १६ लाख भन्दा बढि रकम खोई ? भनेर सहकारीलाई दिने भनेर सहमति गरिएकाे १ लाख रुपैयाँ कता गयो ? भनेर १० लाखमा विद्यालय बनाउछु भन्दा नदिने र अन्तिममा १८ लाख विद्यालयको रकम सकियाे भन्नेर हिसाब दिनेलाई । हामी साेध्ने छाैँ हिसाब चाहियाे भनेर । विभिन्न उपभोक्ता समितिका लेखाजाेखाहरु, हामी साेध्नेछाैँ विद्यालयमा भएका बेथितीहरु १६ लाखकाे विद्यालय भवन ११ लाखमा सकेर ५ लाखमा मस्ति गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग पनि जवाफ मागिने छ । काम गर्दा पनि पैसा भुक्तानि नदिने संग पनि जाेड घटाउ गरिने छ । शाैचालयकाे पेश्की फर्च्यौट नगर्ने महामहिमलाई पनि साेधिने छ जवाफ चाहियाे भनेर । कि यी सब प्रश्नकाे जवाफ रेडिमेट तयार छ ? महामहिम हरु ।

जस्ले बेथितिका विरुद्ध आवाज उठायाे, जस्ले न्यायका लागि कलम चलायाे, जस्ले समाज भनेर आफ्ना व्यतिगत सुख त्याग गर्याे, जसले सामाजिक विकास र न्यायका लागि आफ्नाे गाँस समेत काटेर लडेर लाग्याे । आज त्यहिमाथि बिचलित बनाउन गरिएका प्रयासहरुकाे हिसाब भगवानले लिनेछन् जाे भगवान तपाईकै शव्दमा जनता हुन् । तपाईं हाम्राे महान चे जत्तिकै प्रिय हुनुहुन्छ । तपाईं हाम्राे चे हाे क्युवा क्रान्तिकाे नायक जस्तै तपाईं निदाएकाे बेला कराउने स्यालकाे हुईयाँ वनकाे राजा फ्याउराे हुन सक्दैन । बाघ निदाएकाे बेला स्यालले आफ्नालाई राजा सम्झेकाे बेला जब स्याल व्युँझिन्छ नि हाे त्यहिबेला बाघकाे एक गर्जनले हजार पटक कराएका स्यालहरुकाे जसरी नामाे निसान मेटिन्छ । त्यसैगरी समाजरुपी फाेकटिया स्यालकाे रजाँई त्यसैगरी हावामा खाँदै हराँउने कुरामा शंकै छैन । तपाईं यी हल्लाहरु ताेडेर र अभिजात्य पुर्ख्यौली संस्कारका सिनाहरुलाई मिल्काउदै उठ्नुपर्छ र हामिलाई तपाईकाे अभिभावकत्वकाे खाँचाे पूरा गर्न पर्छ । सामाजिक दायित्त्वमा तपाईकाे याेगदानकाे हिसाब गर्न तपाईं नै कठाेर बनेर आउनै पर्छ । याेगदानकाे तुलनामा अहिले सम्मका शासकहरुले अहिले सम्म गरेका सवै काम र तपाईँले छाेटाे समयमा गरेका गरेका काम चलन चल्तिमा चलेकाे तुलाे वा तराजुमा हालेर ताैलेर परिणाम देखाउनै पर्छ र दुनियाँलाई हिसाब प्रष्ट पार्नुपर्छ र त बुझ्लान् नि ती पाखण्डिहरुले । बुझ्लान् नि नव सामन्तले । तपाईं फेरी उठ्नैपर्छ समाज बदल्ने यात्राकाे महानायक भएर । तपाईं फेरी बौरिनै पर्छ समाजिक रुपान्तरण न्याय र समृद्धीका लागि तपाईं फेरी जुरुक्क उठ्नै पर्छ । तपाईं हाम्रा लागि क्रान्तिकारी चे जतिकै प्रिय हुनुहुन्छ । तपाईं माथि हिलाे छ्यापेर आफु सुन्दर देखाउने प्रवृत्तिका सांक्षि हामी छाैँ । सामाजिक हिसावले दमन भएर गाउँ निकाला हुने छिमेकिका अनुयायी हाै । बहादुरिताकाे नाममा गाउँका दलितमाथि रजाई गर्ने ती शासकहरुकाे घेरावारबाटै नियालेका मान्छेहरुकै लाईनभित्र बाट चियाएका पात्र हाैँ र त याे लेख्दैछाै कि तपाईं काे फेरी खाँचाे छ । र त सामान्ति प्रवृतिकाे अन्त्य गर्न तपाईं नै निर्विकल्प व्यति हाे सामन्त तपाईलाई आतङककारी वा अरु केही भन्लान् तपाईं शाेसित पिडित र श्रमजिविकाे महानायक हाे । तपाईं हाम्राे आदर्श र प्रेरणा हाे । अँझ भनाैँ क्रान्तिकारीका लागि चे लाई जुन श्रद्धा र माया छ नि तपाईं हाम्राे चे हाे प्रेरणा,र आदर्शकाे खानि हाे । तपाईंकाे आदेशले हामी गुम्न तयार छाैँ, तपाईकाे एक मुस्कानले हामी संसार जपत्न तयार छाैँ । तपाईकाे एक पाईलाकाे दिशाले हामी काेष कुद्न तयार छाैँ । तपाईं माथि लगाईएका झुठो प्रपन्चलाई हामी निकम्मा र फगत सावित गर्न तयार छाैँ । आस्था दुवाे हाे जाे पलाई रहन्छ । तपाईंलाई फेरी एक पटक भन्छाैँ सामन्ति साेचसंगकाे हजुरकाे लडाईका हामी सिपाही हरेकपटक तपाईंसंगै छाैँ । प्रिय हाम्राे चे ।

(लेखक बि. क., नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुराँस गाउँपालिका दैलेखका नेता समेत हुनुहुन्छ ।)