मौलिक संस्कृती जोगाउँने अभियानमा जेष्ठ नागरिक

टेकराज केसी ।
सुर्खेत, १७ फागुन (जागरण) । कर्णालीका केही जेष्ठ नागरिकहरुले प्रदेशको मौलिक संस्कृती जोगाउन अभियान शुरु गरेका छन ।
पछिल्ला पुस्ताहरुले आफ्नो मौलिक संस्कृती बिर्सदै गएको भन्दै उनिहरुले संस्कृती जोगाउन अभियान चलाएका हुन ।
उनिहरुले युवाहरुलाई पुराना संस्कृतीको बारेमा सिकाउने गरेका छन भने विद्यालयहरुसँग समन्वय गरेर शुक्रबार र शनिबार यही सम्बन्धी कार्यक्रम गर्ने गरेका छन ।
विभिन्न समिति र संगठन बनाएर जेष्ठ नागरिकहरुले यस्ता अभियानहरु संचालन गरि पछिल्ला युवाहरुलाई संस्कृती हस्तान्तरण गर्ने प्रयास गरेका हुन ।
यो अभियान चलाइरहनुभएका पंचकोशी धार्मीक सांसकृति संरक्षण समिति दैलेखका अध्यक्ष नरेश विष्टले विभिन्न विद्यालयमा गएर पुराना संस्कृतीहरु विद्यार्थीहरलाई सिकाउने गरिएको कर्णाली रैबारसँग बताउनुभयो ।
पुराना संस्कृतीको जगेर्नाबिना विकास सम्भव नभएको भन्दै यो अभियानमा सरकारले पनि आफुहरुलाई साथ दिनुपर्ने उहाँको भनाई छ ।
अर्का अभियान्ता भेरी कर्णाली सांस्कृतीक समितिका अध्यक्ष नरायण विष्टले पनि ऐतिहासिक पुराना भाषा संस्कृती भेषभुषाको जगेर्नामा आफुहरु लागेको बताउनुभयो ।
उहाले ऐतिहासिक पुराना संस्कृतीको संरक्षणका लागि युवाहरुको भुमीका महत्वपुर्ण हुनुपर्ने भन्दै युवाहरु सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्ला पिडीहरुले पुराना संस्कृती नविर्सन हुने भन्दै समितिका सदस्य समेत रहेका सुर्खेतका अर्का अभियान्ता जसी थापाले पनि अभियानलाई साथर्कता दिनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय आधुनिकतासँगै पुराना भाषा, संस्कृतीहरु लोप हुन थालेका छन । मौलिक संस्कृती जोगाउन स्थानीय सरकारहरुले विभिन्न योजना ल्याएको बताएका छन । तर प्रभावकारी भने हुन सकेका छैनन ।