के कोरोना हुँदैमा मान्छे मरिहाल्छ्न ? अनि बाँच्न सबैलाई अक्सिजन सिलिण्डर नै चाहिन्छ त ?

डा. शंकर रिजाल ।
के कोरोना हुदैमा मान्छे मरिहाल्छ्न त अनि बाच्नलाई सबैलाई अक्सिजन सिलिण्डर नै चाहिन्छ त ?
हामिले सबै भन्दा पहिले कोरोना भएका सबै को वाच्ने आधार oxygen को cylinder नै हो र pulse oximeter नै हो भन्ने भ्रम बाट अलि गहिरिएर सोच्ने गरौ । कोरोना लागेका सबैलाई oxygen नै आवश्यक पर्छ भन्ने हुदैन । oxygen आवश्यक पर्ने केहि अवस्था हुन्छ्न ति अवस्था बाहेक सबैलाई oxygen, icu,ventilator को जरुरी हुदैन । अघिल्लो बर्ष कोरोना test सहज रुपमा जता ततै गर्न 4/6 महिना लागेको तपाई हामि सबै लाई था नै छ यो बर्ष test गर्न सहज भएर अनि सबै तिर प्रयोगशालाको सुबिधा भएर धेरैले जाच गर्ने अवसर मिलेको हुदा एकै पटक संक्रमण को दर गत बर्ष भन्दा बढीरहेको जस्तो देखिएको हो । यो केई समय मा अघिल्लो बर्ष जस्तै कम हुदै जानेछ संक्रमण हिजो नि थियो आज छ अनि भोलि नि हुने छ । हामिलाई धेरै कुरो मा भ्रम, त्रास ,डर पनि उत्तैकै गत बर्ष नि थियो ,यो वर्ष नि उत्तैकै छ अत भयावह त्रास डर सग कति नि वाच्नु सबैले आफनो उच्च मनोवल कायम गरौ ।
बिना लक्षण भएका पनि त  positive देखिएका छन,दुई मात्रा vaccine लगाएका पनि त positive देखिएका छन ,कतै वाहिरी नगएर घर मा बसेका पनि positive देखिएका छन । अत सचेत बनौ ,निरास होईन पहिला अरु कुरा को भन्दा नि आफनो शरीर माथि विश्वास गरौ ।
हिजो विहीबारसम्म नेपालमा कोभिडकाे तथ्य हेर्दा यस्तो छ :
कोरोना लागेका मात्र निको हुने १९९३ जना ।
८५ % संक्रमितलाई घरमै बसेर निको भएको छ बिना oxygen cylinder को सहारा बिना घरेलु बिधि , जडिबुटी कै सेवन बाट |
१५ % लाई अस्पतालको सुबिधा आबश्यक देखिएको छ |
५ % लाई आइसीयुको आवश्यकता परेको छ |
मृत्युदर १ % भन्दा न्युन मात्र छ |
समाचार हेरेर / सुनेर आत्तिनु हुँदैन | हिजो आज र भोलि लाई नियालेर हेरौ ।सदा मनोबल उच्च राख्नुपर्दछ , कोरोना लाग्दैमा मृत्यु हुदैन | जति सकिन्छ प्राकृति खान ,पिन ,आहार विहार ,प्राकृति जिवन शैलि अवलम्बन गरौ,प्रकृति को विरुद्ध नलागौ । प्रकृतिलाई बन्द गरि हामि कैले विजय हुन सक्दैनौ । रोग प्रतिरोधात्मक उपायहरु र त्यस्ता जडिबुटीको निरन्तर सेवन गरौ ,सदा सकारात्मक सोच का साथ जिवन जिउने प्रयत्न गरौ ।
# डर, भ्रम ,भय ,त्रास भन्दा ठूलो कूनै रोग र भाईरस छैन!
# उच्चमनोबल ,सकारात्मक सोच ,प्रकृति सगसगै जिउनु भन्दा ठूलो कूनै भ्याक्सिन अनि औषधि छैन।।
# अत कोरोना संक्रमण भएमा घर मै आफै गर्न सकिने महत्त्वपूर्ण उपायहरु :
१. एक बुढी औला जति मोटो र बुढी औला जति लामो गुर्जो वा ३ देखि ५ ग्राम गुर्जो powder २ कप पानीमा राखेर मन्द आगोमा पकाउने र आधा भएछि छानेर पिउने आवश्यकतानुसार मह,गुढ ,मिश्रि मिसाएर लिन सकिन्छ ।वा प्रदेश आयुर्वेद औषधालय सुर्खेत बाट नि शुल्क वितरण भएको गुर्जो आदि मिर्सित योग को प्रयोग ।
२. जेठी मधुकने चुर्ण ३ ग्राम र अश्वगन्धा चुर्ण ३ ग्राम बिहान बेलुका खाली पेटमा मनतातो पानी संग खाने।
३. कागती पानी तातो, दिनको २ पटक खाने वा अमलाको रस 10-20ml लिने ।
४.सुख्खा खोकी लागेमा अदुवाको टुक्रा पोलेर चुस्ने वा ल्वांग सुकमेल चबाउने,हर्रोको फललाई हल्का बोलेर मुखमा राखि चुस्ने वा कालो जिरा 1/2 gm पनि लिन सकिन्छ । खोकी बढी लागेमा आयुर्वेद औषधि खानु पर्ने हुन्छ।
५.स्वर बसेमा बोझोको वा खयरको सनो टुक्रा मुखमा राखेर चुस्ने ।
६.नाख बन्द भएमा टाउको दुखेमा साझ बिहान सफा पानी को वाफ लिने वाफ लिदा ज्वानो ,असुरो, कर्पुर ,लेमनग्रास ,तुलसि आदिको पात राखेर लिन सकिन्छ । वा तोरिको तेल,तिलको तेल,बदाम तेल,2/3 थोपा दुबै नाक मा वाफ लिए पछि राख्ने ।
७.घाटि दुखेमा मनतातो पानी वा पानीमा थोरै नुन बेसार राखेर मुखकुल्ला गर्ने ।
८.ज्वराे, छाति दुख्ने, खाेकि, शरीरकाे दुखाई भएमा भएमा असुराेकाे पात, तुलसीपत्र, चिराईतो , कण्टकारी, तेजपात, दालचिनि, अदुवा, चन्दन ,राम्राेसंग छिप्पिएकाे गुर्जाेकाे काण्ड कुटेर, मरिच राखेर उमालेर चिया जति दिनमा ४-५ पटक पिउनुहाेस् । धेरै जरो आएमा सिटामोल पनि लिन सकिन्छ ।
९.पखाला वा पाचन प्रकृयामा समस्या भएमा वेलकाे ,आपका पिपलका कलिला पात ४/५ वटा धाेएर दिनमा ४-५ चपाएर खानुस् साथै दाल/तरकारी हिंगले झानेर वा राखेर खाने गर्नुस् साथै खाना र चटनीमा वीरेनुनकाे प्रयाेग बढाउनुस् । वा काच्चो बेलको गुदि ,धाईरो फुल ,आपको कोया ,काफलको बोक्रा ,जामुनाको बोक्रा अनारको बोक्रा भुटेको धनिया, जिरा सौप यि मध्ये कुनै एक वा सबै मिलाएर 3-5 gm वा रस 20 ml जति खाने । वा भकिअम्लो 3 gm र दहिको पानी को सेवन गर्ने l
१०.झोल कुरा प्रशस्त खाने। सके सम्म चनाको झोल, ज्वानोको झोल प्रशस्त खाने। मनतातो पानी वेला वेलामा खाने।
११.स्वस्थ जीवनशैली, खानपिन गर्ने तरिका, व्यायाम, योग, प्रणायाम आदि कुराले कोरोना लगाएत सर्ने, नसर्ने दुवै रोगमा फाईदा गर्छ।
स्वास्थ रहन शरीरमा सकेसम्म प्राकृतिक रुपले अक्सिजनको मात्रा बढाउन जरुरी हुन्छ। खुला अनि झ्याल ढोकाभएको स्थान मा बस्ने वा सके सम्म खुला एकान्त स्थान मा बस्ने ।
#अनुलोम बिलोम – यो अभ्यास कम से कम १० पटक गर्दा शरीरलाई फाइदा हुन्छ। यो प्राणायम शरीरको लागि अत्यन्त आवश्यक छ।
#कपालभातिमा लामो सास लिँदै फाल्नु पर्ने हुन्छ। यो गर्दा शरीरमा प्रसस्त मात्रामा अक्सिजन पुग्छ, यो अभ्यास कम से कम १० मिनेट बिहानको समयमा गर्दा फाइदा पुग्छ। यो कुनै पनि समयमा गर्न सकिन्छ।
#श्वासकै अरु प्रणायाममा भस्त्रिका, उज्यायी, शीतकारी आदि गर्न सकिन्छ । #साथमा सिंहासन ,बालाशन पनि बहुउपयोगी छ। #घोप्टिएर सुत्ने (Prone position) मा पनि अक्सिजन वढाउन ज्यादै उपयोगी छ।# पल्स अक्सिमिटर भए औलामा राखेर अक्सिजन नाप्ने oxygen को मात्रा ९४ % भन्दा कम भए खुला हावा लाग्ने ठाउमा विरामीलाई घोप्टो पारेर सुताउने। अनुलोम विलोम वा लामो श्वास बेलाबेलामा लिइरहने।
१२. सम्पूर्ण औषधि, पानी सबै खाई सकेपछि सुत्नु भन्दा अगाडी एक गिलास तातो पानीमा वा दुध मा सानो चम्चाको १ चम्चा बेसार राखि पिउने ।
१३. प्रयाप्त मात्रामा आराम गर्ने। तनाव भय, त्रास हुने काम नगर्ने।
१४.मनोबल उच्च राख्ने, परिवार, आफन्त र समाजले सहयोग, सदभाव बढाउने। नेपाल सरकारले भनेको नियमहरु को पालना गर्ने ।
१५. यस वाहेक लक्षण अनुसारका अन्य आयुर्वेद औषधि चाहिन सक्छ, त्यसको लागि थप सल्लाह सुझाव चाहिएमा आयुर्वेद चिकित्सकसंग वा आयुर्वेद अस्पताल मा सम्पर्क गर्ने।
१६. निमोनिया वा स्वास प्रस्वासमा कुनै समस्या भएमा वा श्वास लिन गार्हो महसुस भएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने।
अन्तमा यो महामारी को तेस्रो लहर चौथो लहर न आउला भन्ने आधार त केहि छैन । हप्ता हप्तामा lockdown को मिति परिवर्तन मात्र गरेर लामो समय सम्म बन्द गरि हाम्रो जस्तो देशमा यो समाधान को अचुक उपाया होईन हुनै सक्दैनन् । किन कि 70% मान्छे गाउमा नै छ्न गाउमा lockdown को कुनै परिकल्पना हुदैन ,कतै आवास नै छैन । यहा एक दुई वटा सहर बन्द गर्दैमा केई हत सम्म नियन्त्रण भएको त देखिएला फेरि उस्तै हुन कुनै दिन नलाग्ला भन्न सकिन्न अत आफनो आफनो व्यावहार परिवर्तन गरौ ,ना कि lockdown को मिति मात्र परिवर्तन गरेर केहि हुने छैन र locdown मात्र समाधान होईन । अस्पतालको सुविधाहरू सुधार गर्दै जाउ ,अस्पताल को आवश्यकता पर्ने लाई त्यो व्यवस्था गरौ, सुरक्षात्मक उपाय अपनाउदै घरमै एकान्त बस्दा साधारण घरायसी उपायाहरु अवलम्बन गर्दा पनि सन्चो हुने 85-90% देखिन्छ्न ।केहि थोरै प्रतिशात मात्र अस्पताल को oxygen ,icu ventilator लगाएत सुबिधा आवश्यक पर्ने गरेको देखिन्छ अत रोग लाग्दैमा आत्तिएर डराएर बन्द गरि कतै पनि समस्याको सामधान कदापि हुन सक्दैन धर्य गरौ दैनिक जिवन यापन लाई सहज गराऔ,अनुशासित मर्यादित बनौ,आहार विहार , जिवनशैलि परिवर्तन गरौ, सबैले उच्च आत्मबलका साथ बाचौ अनि बाच्न दिउ ।
                                                                           लेखक डा.रिजाल प्रदेश आर्युेवेद औषधालय सुर्खेतका प्रमुख हुनुहुन्छ ।