क्याम्पस जीवन र राजनीति

तपेन्द्रबहादुर बि सी

भनिन्छ मानिसको शिक्षा घरबाटै शुरु हुन्छ । त्यसैले घर उसको पहिलो पाठशाला हो भने आमा उसको पहिलो शिक्षिका हुन । त्यसैगरी राजनीति सिक्ने पहिलो पाठशाला क्याम्पस हो भने पहिलो गुरु भनेको विद्यार्थी कालमा प्रेरणा भने नेता हुन ।

क्याम्पस जीवन उच्च शिक्षा ग्रहण गरि ज्ञान सिप व्यावहार संस्कार परिवर्तन गर्दै वैज्ञानिक सुझ बुझ विकास गर्ने जीवन हो । उच्च शिक्षाको महान लक्ष्य बोकेर विभिन्न ठाउँ गाउँ वस्तीबाट आएका व्याक्तिहरुसंग घुलमिल गरि आफ्नो नेतृत्व र व्यक्तित्व विकास गर्ने अवसार जुटाउने थलो पनि क्याम्पस हो । प्राय पारिवारीक झमेला नहुने पारिवारीक जिम्वारी कम हुने स्वतन्त्र जीवन क्याम्पस जीवन हो । सुनौलो जीवन डर, गास, लोभ लालसामुक्त क्याम्पास जीवन स्वातन्त्राताको स्वर्ग पाइन्छ । छात्रावास चमेना गृह खेलकुद पुस्कालय नियमित पढाइ लेखाइ शैक्षिक भ्रमण वनभोज कार्यक्रम अतिरिक्त क्रियाकलाप क्मप्यूटर सीप लगायत राजनैतिक प्रशिक्षणको सुत्रपात गर्ने समय पनि यहि हो ।

देशका कर्णधार भनेर चिनिने देशका भविष्यका खम्बा रुपी विद्यार्थीहरुलाई मार्गदर्शन गर्न गुरुहरुसंग वौद्धिक खुराक लिन पाउनु मानव चोलाको एक अभिन्न अवसर हो । प्राध्यापकहरुसंग नियमित निगरानीमा रहेर विद्यार्थी साथीहरुको उज्वल भविष्य निर्माणका सवालमा मुद्दा र विषयलाई स्पष्ट रुपमा अगाडी बढाउन ज्ञान अध्ययन  र अध्यापन गर्न जरुरी हुन्छ । विभिन्न विद्यार्थी संगठनका आआफ्नै नेतृत्वसंग गठजोड गरि विद्यार्थी राजनितीको केन्द्रमा आउने प्रवृती देख्न सुन्न र महसुश गर्न पाइन्छ । विद्यार्थी नेता बनाउने वा स्तन्त्र व्याक्ति र नेतृत्व विकासलाई सघाउने यो प्रश्न गम्भिर छ । कतिपय विद्यार्थी नेता सेवाभाव भन्दापनि जसरी भएपनि पद हत्याउने निहित योजना देखिन्छ । जुन भविष्यसम्म नटिक्न सक्छ । टिकट पाए पनि जीत हात नपर्न सक्छ । कहिले काँही नेता जन्मिन्छन आम विद्यार्थीहरुको आशा र भरोसाका केन्द्र सधै समाज सेवामा लागिपर्न क्याम्पस परिवारको हित सोच्ने कुनै दल नेता भेक भुगोल जाती लिङ्ग वर्गको नारा लगाउने भन्दा सम्रग क्याम्पस र विद्यार्थी प्रध्यापक कर्मचारी समूदाय दलहरु जनप्रतिनिधीहरु सञ्चारकर्मी सुरक्षाकर्मी सबैलाई हित हुने कार्यक्रम ल्याउने व्यक्ति नै नेता हो ।

 आजको विद्यार्थी नेता भोलीको देशको नेता हो जसले सधै शैक्षिक जगतमा नियमपूर्वक अनुशासित भएर राजनितिक र पढाइलाई संसंगै लान सहयोग गर्छ । नीति र विधीलाई शिरोपर ठानी सबै व्याक्तिहरु संग समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्दछ । जुन भविष्यको राष्ट्रिय राजनीतिमा फलदायि बन्न सकोस । विद्यार्थी राजनीति र अध्ययन पूर्ण रुपमा पुगेन भने गुट उपगुट बनाउनेतिर ध्यान जान्छ । जुन कालान्तरमा राष्ट्रिय राजनीतिमा फुट अदलबदल साँघुरो संस्कारको विकास हुन्छ र लोकतन्त्रले अलोकप्रिय बनाइदिन सक्छ । क्याम्पस जीवनमा स्वतन्त्र प्रतिस्पर्धा गर्ने वातावरण क्याम्पस परिवार देखि विश्वविद्यालयले गर्नु पर्दछ । एक पक्षीय तानाबाना नबुनेर बहुलबादी विचारको जग्रेना सक्नु पर्छ । क्षमता रुची चाहना सिप र दक्षतालाई ख्याल गरि संगठनले टिकट प्रदान गर्नु पर्दछ । जसका लागि विभिन्न आधारहरुलाई मध्येनजर गरि टिकट वितरण गर्नु पर्ने हुन्छ ।

उच्च शिक्षाको थलो क्याम्पस तथा विश्वविद्यालयहरु गुणस्तर कायम गर्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्नु पर्दछ । व्यावसायिक दार्शनिक इमान्दार जिम्मेवार नागरिक उत्पादन गर्न क्याम्पस विश्वविद्यालयका नेतृत्व संस्था र व्याक्तिहरुले फराकिलो छाती बनाइ काम गर्नु पर्दछ । संसारभरका विद्यार्थी आकर्षण गराउन युग सुहाउदो प्रतिस्प्रर्धी जनशक्ति उत्पादन गराउन उच्च शैक्षिक केन्द्रका नेतृत्व गर्ने व्यक्ति संस्थाको अहम भूमिका हुन्छ । नीतिभरीको राजा राजनीति क्याम्पस र विश्वविद्यालयमा भएन र डिग्री हासिल गर्ने थलो भएमा देशको रुपान्तरण सम्भव छैन । देश विकासको लागि नभै नहुने आधार भनेको संस्कारयुक्त वैज्ञानिक व्यावहारिक माटो सुहाउदो विश्व बजारमा बिक्ने प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने समेत विद्यार्थी राजनीतिको अपरिहार्य छ ।

लेखक   विद्यापुर जनता बहुमूखी क्याम्पस सुर्खेतका विधार्थी हुन् ।