६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गा

काठमाण्डौ । नेपालमा ६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गा रहेको पाइएको छ ।
राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार ६ लाख ४३ हजार ६ सय ७५ जना महिलामा घर र जग्गाको स्वामित्व रहेको छ । घर र जग्गा भएका महिला ९ दशमलव ७ प्रतिशत रहेका छन् ।
त्यस्तै जग्गा मात्रै हुने ११ दशमलव ८ प्रतिशत र घर मात्रै हुने २ दशमलव ३ प्रतिशत रहेको छ ।
समग्रमा कुल २३ दशमलव ८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घर र जग्गा दुवै रहेको पाइएको छ ।
नेपालमा कुल परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ छ भने आफ्नै घर हुने ८६ प्रतिशत रहेका छन् ।
विवरण अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।
जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।