कर्णाली प्रदेश सरकारकाे नेतृत्व एमालेले गर्नुपर्छ: महासचिवकाे पाेख्रेल


सुर्खेत,८ चैत
नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले कर्णाली प्रदेश सरकारकाे नेतृत्व नेकपा एमालेले गर्ने बताउनुभएकाे छ ।
नेकपा एमाले सुर्खेतकाे नवाैं अधिवेशनलाई आज वीरेन्द्रनगरका सम्बाेधन गर्दै महासचिव पाेख्रेलले अब बन्ने प्रदेश सरकारमा कर्णालीमा एमालेले नेतृत्व गर्ने बताउनुभएकाे हाे । अहिले सम्म मधेश बाहेकका छ वटा प्रदेशमा ठूला सबै पार्टीले नेतृत्व गरिसकेकाे तर कर्णालीमा एमालेले सरकारकाे नेतृत्व अहिलेसम्म नपाएकाले अब एमालेकाे मुख्यमन्त्री बन्नुपर्ने महासचिव पाेख्रेलकाे भनाई थियाे ।
महासचिव पाेख्रेलले कर्णालीमा यसअघि दुई पटक माओवादीले नेतृृत्व गरिसकेकाे हुँदा अब सरकारमा एमालेलाई साैहार्दतापूर्वक नेतृत्व सुम्पन माओवादीका नेताहरूलाई आग्रह पनि गर्नुुभयाे ।
उहाँले प्रदेशकाे नेतृत्व वाँडफाँड केन्द्रका नेताहरूकाे सहमतिमै हुने र त्याे न्यायाेचित रूपमा हुने भन्दै नेतृत्वका लागि काठ्माण्डाै नधाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ ।
यसअघिकाे अप्राकृतिक गठबन्धनबाट राष्ट्रियता र लाेकतन्त्र खतरामा पर्दै गएकाे महसुश गरेर एमालेले गठबन्धन ताेडेकाे उहाँकाे भनाई थियाे ।
उहाँले वर्तमान गठबन्धन नीति र बिचार मिल्नेहरूकाे गठबन्धन भन्दै त्यसलाई २०८४ काे निर्वाचनसम्मै लिएर जाने याेजना रहेकाे बताउनु भयाे ।
एक अर्काे प्रसंगमा महासचिव पाेख्रेलले नेपाली काँग्रेस आफ्नाे नीतिका आधारमा नभई वामपन्थीहरूकाे विभाजनकाे भर्याङ चढेर सत्ता प्राप्त गर्ने नीतिमा चलेकाे जिकिर गर्नुभयाे ।
आजदेखि सुरू भएकाे एमाले सुर्खेतकाे नवाैं अधिवेशन दश गतेसम्म चल्ने छ ।