गायक प्रकाश दुतराज भोली सुर्खेत आउने


सुर्खेत, २९ चैत ।
पछिल्लो समयका लोकप्रिय गायक प्रकाश सपुत भोली सुर्खेतमा आउने भएका छन् ।
सुर्खेतस्थित सिद्धार्थ होटेलले आयोजना गरेको न्यू इयर इभ विशेष कार्यक्रममा प्रस्तुती दिनका लागि गायक दुतराज सुर्खेत आउन लागेका हुन् । न्यू एयर इभमा दूतराजसहित मोडल करिष्मा ढकाल, काठ्माण्डौँको डिजे लेवल र स्थानीय ज्यार ब्यान्डको प्रस्तुति रहनेछ आयोजक सिद्धार्थ होटलले जनाएको छ । गायक दूतराजका देउरालीमा धजा, रिमै, घर कता हो बहिनीको, लाहुर जाने रेलैमा लगायतका दर्जन बढी गीतहरु निकै लोकप्रिय छन् । त्यस्तै करिष्मा चर्चित मोडल तथा डान्सर हुन । कार्यक्रममा कलाकारहरुको प्रस्तुतीसंगै लाइभ फुड स्टलको पनि व्यवस्था रहेको होटेलका म्यानेजर बद्री कोइरालाले जानकारी दिनुभयो । उनका अनुसार कार्यक्रममा प्रवेशका लागि एक जनाको एक हजार पाँच सय र जोडीका लागि दुई हजार दरका टिकटको मूल्य रहेको छ । कार्यक्रमको सञ्चालन चर्चित उद्घोषण माया थापाले गर्नुहुने छ । कार्यक्रम भोली शुक्रबार साँझ ७ बजेदेखी १२ बजेसम्म सञ्चालन हुने जनाईएको छ ।