दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन

बैशाख १०, काठमाण्डौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक र कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।
अघिल्लो हप्ता वैशाख ४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईलाई निर्देशन दिएको हो ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भन्दै उजुरी परेपछि यसबारे आवश्यक अनुसन्धान गरेर कारबाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले केन्द्रलाई निर्देशन दिनुभएको थियो ।
यसैबमोजिम केन्द्रले इकाइलाई परिपत्र गर्दै अनुसन्धान गरेर कारबाही गर्न भनेको हो । शिक्षा मन्त्रालयको यो निर्णयमा शिक्षक, कर्मचारीका संघ, संगठनले बिरोध गर्दै आएका छन् ।