नयाँ बर्षलाई उत्साह र आशाकाे वर्षको रुपमा मनाउँ

आजदेखि सुरु भएको नयाँ वर्ष २०७८ सालको शुभ अवसरमा स्वदेश तथ विदेशमा रहनु भएका सम्पूर्ण वीरेन्द्रनगरवासी एवं नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षको आगमन एउटा उत्साह र हाैषलापूर्ण हुन्छ । यस वर्षलाई हामीले उत्साह र आशाकाे वर्षको रुपमा मनाउनु पर्छ । हामीले अहिले सम्म गरेकाे कामको समिक्षा र नयाँ काम गर्ने संकल्पकाे रुपमा नयाँ वर्षलाई लिइनुपर्दछ । समय फेरिने, वर्ष फेरिने नियमित प्रक्रिया नै हाे । यी प्रक्रिया संगै हामीले आफूलाई कर्तव्यनिष्ठ , जिम्मेवार र आसावादी नागरिकको रुपमा विकास गर्नुपर्दछ । नयाँ वर्षलाई स्वागत गरिरहदा गत वर्षलाई पनि समिक्षा गर्नुपर्दछ । विश्वव्यापी काेराेना महामारीको सामना गर्दै तपाईं सम्पूर्ण नगरवासीकाे साथ सहयाेग र समर्थन लिएर हामीले नगरलाई भाैतिक पूर्वाधार विकास, शिक्षा स्वास्थ्यकाे विकास, सामाजिक न्यायको विकास र यहाँको पर्यटकीय विकासमा निकै अगाडि बढाएका छाैं । र त्यसको निरन्तरता दिँदै याे वर्ष पनि यहाँको विकासमा निरन्तर अघि वढ्ने छाै ।
आज नयाँ वर्षको पहिलाे दिन सम्पूर्ण नगरवासीले एउटा प्रण गराैं समृद्ध र सुखी वीरेन्द्रनगर बनाउन सबै एकजुट भएर जुटाैं । विकासमा राजनीति नगराैं । सिर्जनशील काममा सबै सहयोगी बनाैं । मेरा भुमिकामा स्वस्थ  आलाेचनाकाे सधै स्वागत गर्दछु । काम गर्ने क्रममा भएका कमि कमजोरी सुन्न , सुधार्न र यहाँहरुकाे सुझाव लिन सधैं तत्पर रहने छु । कर्णाली प्रदेशको यो राजधानी सहरलाई देशकै नमुना सहर बनाउन सबै नगरवासी लागाैं ।
ऐतिहाँसिक र पर्यटकीय शहरको रुपमा रहेको वीरेन्द्रनगरलाई गन्तव्य शहरको रुपमा विकास गर्न नगरपालिकाले काम गरिरहेकाे छ । कर्णाली प्रदेश `गेट वे ´ काे रुपमा रहेको यश नगरका हामी सम्पूर्ण जनप्रतिनिधि र आम नागरिक अनुकरणीय , सभ्य र सुसंस्कृत बनाैँ । आजैबाट ‘समृद्ध वीरेन्द्रनगर र सुखी वीरेन्द्रनगरवासी’ काे लक्ष्य हाँसिल गर्न सबै एकताबद्ध भएर अघि बढाै भन्दै म सबैलाई आह्वान गर्न चाहान्छु ।
अन्तमा फेरि एकपटक नयाँ वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना !!!!
माेहनमाया ढकाल
उपप्रमुख
वीरेन्द्रनगर नगरपालिका
सुर्खेत