सिम्तामा जारी अध्यक्षकपकाे फाइनलमा देउती बज्यै युवा क्लव र न्यू सिम्ताली

सुर्खेत, २६ फागुन ।
सुर्खेतको सिम्ता गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजित अध्यक्ष कप खेलकुद कार्यक्रम अन्तर्गतका भलीवल तर्फ देउती बज्यै यूवा क्लव नाहागाउँ र न्यू सिम्ताली युवा क्लव फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको सेमी फाइनल खेलमा न्यू सिम्तालीले आयोजकलाई र देउती बज्यैले युवा क्लवले चन्द्र सूर्य युवा क्लव वडा नं. ८ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन । यी दुई टिम बीचको फाइनल खेल भोली विहान हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार पाउनेछन् ।
यस्तै पुरुष ब्याटमिण्टन प्रतियोगिता तर्फ आजको खेलबाट जनसन्देश युवा क्लव, इलाका प्रहरी कार्यालय सल्लीबजार र सिम्ताली युवा क्लव सिम्ता ५ सेमी फाइनलमा प्रवेश गरेका छन् । ब्याटमिण्टनको पनि फाइनल खेल भोली विहान नै हुनेछ ।
आयोजक अनुसार भोली विहान डोरी तान प्रतियोगिता पनि हुनेछ व्याटमिण्टन र डोरी तान प्रतियोगिताका विजेतालाई दश –दश हजार र उपविजेतालाई पाँच पाँच हजार पुरस्कार रहेको छ । । सिम्ता गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि वडा नं. ४ बजेडीचौरमा सुरु भएको खेलकुद कार्यक्रम भोली सम्पन्न हुने आयोजकले जनाएको छ ।