अध्यक्ष कप सिम्ताको उपाधि न्यू सिम्ताली युवा क्लबको पोल्टामा

सुर्खेत, २७ फागुन ।
सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कप प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि न्यू सिम्ताली युवा क्लवले हात पारेको छ ।
आज भएको फाइनल खेलमा देउती बज्यै युवा क्लव नाहागाउँलाई पराजित गर्दै न्यू सिम्तालीले भलिबलको उपाधि जितेको हो । विजेताले एक लाख नगद पुरस्कार र ट्रफि तथा उप विजेताले नगद ५० हजारसहित ट्रफि पाएका छन् । यस्तै आजै भएको डोरीतान प्रतियोगितामा आयोजक टिम तथा ब्याटमिण्टन प्रतियोगितामा लेकवेशी नगरपालिको टिमले उपाधि जितेका छन् । डोरी तान र ब्याटमिण्टन तर्फका विजेताले दश–दश हजार तथा उपविजेताले पाँच पाँच हजार प्राप्त गरेका छन् । सिम्ता गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि वडा नं. ४ बजेडीचौरमा सुरु भएको खेलकुद कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिका स्थापना दिवस तथा शिवरात्रीका अवसरमा खेलकुद तथा साँस्कृतिक कार्यक्रमको अयोजना गरिएको थियो ।


कार्यक्रमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले आगामी बर्ष थप व्यवस्थित रुपमा कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । खेलकुद र साँस्कृतिक कार्यक्रमले सिम्ताका पर्यटकीय स्थलको प्रचार प्रसारका साथै आन्तरिक पर्यटन पबद्र्धनमा सहयोग पुगेको अध्यक्ष चन्दको भनाइ छ । उहाँले आउदो बर्षसम्म प्रमुख पर्यटकीय स्थल कोटको थुम्कोमा शिवको मूर्ति स्थापना गर्ने पनि बताउनुभएको छ ।


शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा खेलकुदका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिएको थियो । कार्यक्रमको अन्तिम दिन आज लोक दोहोरी गायक धनराज चुनारा लगातको प्रस्तुती रहेको थियो । कार्यक्रम सिम्ता खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्र सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।