देशभरका २४ जिल्लाका चार सय १३ वटा पालिकाका सबै बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

फागुन २९, काठमाण्डौ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान अन्तर्गत देशभरका २४ जिल्लाका चार सय १३ वटा पालिकाका सबै बालबालिकाले खोप लगाएका छन् ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका १ सय ८० पालिकामा खोप अभियान जारी छ । अहिलेसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार ४ सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ वटा जिल्लाका १ सय २२ वटा पालिकामा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताउनुभयो ।
यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कुल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।