राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरू

फागुन २९, काठमाडौं । राष्ट्रिय सभा बैठक सुरू भएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन प्रक्रिया सुरू भएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्दैछन् ।
बैठकमा सांसद गोपीबहादुर सार्की ’अछामी’ले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। त्यसपछि अध्यक्षले उक्त दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
अन्तमा आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यक्रम तय भएको संघीय संसदले जनाएको छ ।