कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा मात्रै १७ करोड बढीको लगानी

बैशाख १४, सुर्खेत । कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा मात्रै १७ करोड २७ लाख लगानी गरिएको कृषि विकास निर्देशनालय जनाएको छ ।
कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि १७ करोड २७ लाख १० हजार भन्दा बढी रकम लगानी गरेको हो । कृषि विकास निर्देशनालय सुर्खेतले चैत मसान्त सम्म २६ दशमलव ६ प्रतिशत बजेट खर्च गरेको निर्देशनालयका सूचना अधिकारी तिलक प्रसाद पाण्डेले बताउनुभयो ।
उहाँका अनूसार कर्णाली प्रदेशमा पालिकाहरुले कृषी क्षेत्रमा न्यून बजेट विनियोज गर्ने गरेको पाइएको छ । प्रदेश सबै पालिकाहरुले कुल बजेटको एक प्रतिशत मात्रै बजेट कृषी क्षेत्रमा विनियोज गर्नें गरेको भन्दै यसले गर्दा पालिका स्तरबाट कृषकहरुलाई कृषीमा समेट्न समस्या भएको बताउनुभयो ।
कृषि उत्पादन बढाउन प्रदेश सरकारले सुर्खेतमा पछिल्लो तिन वर्षमा ३ सय ७२ वटा सिँचाइ कुलो निर्माण भएका छन । भने त्यसबाट करिब ५ हजार क्षेत्रफलमा सिँचाइ भएको छ ।
त्यस्तै, सुर्खेतमा यो चालु आर्थिक वर्षमा कर्णालीको ब्राण्ड निर्माणदेखि प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण, कृषीलाई व्यावसायिक बनाउने उदश्यले कृषी यान्त्रीकीकरण, मार्फत लक्षित वर्ग सिवशेष, प्राङ्गारिक, व्याज अनुदानलगायतका १२ वटा आयोजना यो वर्ष सञ्चालनमा रहेका निर्देशनालयले जनाएको छ ।
सुर्खेतका ५२ कृषक समुह मार्फत अहिले कार्यक्रहरु भइरहेका र ८ वटा सहकारी मार्फ व्याज अनूदान दिने व्यवस्था छ । २८ वडा कृषी सडक, ५ वटा कोल्ड स्टोर, २ वटा विउ भण्डारण केन्द्र निमार्ण गरिएको निर्देशनालयले जनाएको छ ।
कृषि विकास निर्देशनालयका प्रमुख चित्र बहादुर रोकायले कर्णाली प्रदेशलाई अर्गानीक प्रदेश बनाउने सरकारको लक्ष्य अनूसार प्राकृतिक कृषी उत्पादनमा जोड दिइएको बताउनुभयो ।