वसन्त ऋतु अनि मः यसको प्रसंशक


दीपेन्द्र केशर खनाल । हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना बसन्त ऋतु भित्र पर्दछन । बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्छर र नयाँ पात पलाउँछ। बसन्त ऋतुमा जताततै हरियाली हुन्छ। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो। यसबेला प्रकृतिले काँचुली फेर्छ भन्दा फरक नपर्ला। चिसो मौसम हटिसकेको हुन्छ। गर्मी मौसम सुरु भइसकेको पनि हुँदैन। मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरु फुल्छन्। हिउँ पग्लन थाल्छ। अनि यस्तो दृश्य कसलाई पो मन पर्दैन र रु भनिन्छ, वसन्त मन लोभ्याउने ऋतु हो।ऋतुहरूमध्ये वसन्त सबैको प्रिय ऋतु हो । ईस्वी सम्वत्को मार्च महिनाको २१ अथवा २२ तारेखका दिन सूर्य उत्तरायणतर्फ लाग्दछ र प्राविधिक दृष्टिले वसन्त ऋतुको थालनी त्यहींबाट हुन्छ । हराम्रो पञ्चाङ्गमा मेला, चाड, पर्व आदि तिथि अनुसार पृथ्वी र चन्द्रमाको सापेक्षित स्थितिले समेत निर्धारण गर्ने परिपाटी बसेको हुँदा माघ महिनाको शुक्ल पञ्चमीको दिनलाई ‘वसन्त पञ्चमी’को रूपमा मनाउँछौं ।
आध्यात्मिक भाषामा भन्नुपर्दा वसन्त ऋतुमा पञ्चतत्व ९पृथ्वी, वायु, जल, आकाश र अग्निले आफ्नो प्रकोप छाडेर सुहाउँदो रुपमा प्रकट हुन्छन्। आकाश स्वच्छ हुन्छ। वायु सुहाउँदो हुन्छ। अग्नि ९सूर्य० को ताप ठिक्कको हुन्छ। जल सुखदायक हुन्छ।
प्राचीनकालमा वसन्त ऋतुलाई स्वागत गर्न माघ महिनाका पूरै पाँच दिन एउटा ठूलो उत्सव नै मनाइने गरिन्थ्यो। यस उत्सवमा विष्णु र कामदेवको पूजा हुन्थ्यो। पुराणहरु तथा अनेक काव्यग्रन्थहरुमा अलग–अलग तरिकाले यसको चित्रण मिल्छ।कामदेवको उत्सव मनाउँदा बीचमा कामदेवको मन्दिर हुन्थ्यो। स्त्रीपुरूषहरु जम्मा भएर फूलहरु छानेर हार बनाउँथे। एक–अर्कामाथि अबीर, कुमकुम लगाउँथे र नृत्य सङ्गीत आदिको आयोजन गर्थे। पछि पनि मानिसहरु मन्दिर गएर कामदेवको पूजा गर्ने गर्थे। हिजोआज वसन्तोत्सवको रुप बदलियो र होलीका रुपमा मनाइन्छ।
वसन्त ऋतुका पाँच रहस्यहरु
वसन्त ऋतुमा होली, रंग पञ्चमी, वसन्त पञ्चमी, नवरात्रि, राम नवमी, , शिव रात्री, हनुमान जयन्ती, नव(सम्वत्सर र गुरु पूणिर्मा जस्ता उत्सवहरु मनाइन्छ । यी मध्ये रंग पञ्चमी र वसन्त पञ्चमीले मौसम परिर्वतन भएको सुचना दिँदै नव(सम्वत्सरबाट नयाँ वर्षको शुरुवात हुन्छ ।
यस बाहेक होली भक्त प्रह्लादको सम्झनामा मनाइन्छ भने नवरात्रिमा माता दुर्गाको उत्सव गरिन्छ । त्यस्तै राम नवमी, हनुमान जयन्ती र बुद्ध पूणिर्माका दिन महापुरुषहरुको जन्म भएको थियो । ती मध्ये वसन्त पञ्चमीका विभिन्न रहस्यहरु छन्, जुन यस प्रकार छन् ।
भगवान श्रीकृष्णले भन्नु भएको थियो( ऋतुहरुमा म वसन्त हुँ, भगवान श्रीकृष्णले भन्नु भएको थियो( ऋतुहरुमा म वसन्त हुँ । भगवान कृष्णले त्यस्तो भन्नुको कारण प्रकृतीको कण(कणमा बसन्त ऋतुको आगमनमा आनन्द र उल्लासले भरिन्छ । मौसमले पनि परिर्वतनको महसुस गर्दै आफ्नो चाललाई परिर्वतन गरेर मदमस्त हुन्छ । प्रेमी(प्रेमिकाको मन पनि धड्किन थाल्छ ।
प्रेम दिवस
वसन्त पञ्चमी मदनोत्सवको रुपमा पनि मनाइन्छ । कामदेवको दोस्रो नाम मदन हो । यो अवसरमा ब्रजभूमिमा भगवान श्रीकृष्ण र राधाको रास उत्सवलाई मुख्य रुपले मनाइन्छ । यो दिन कामिनी र काननमा आफैं यौवन उत्पन्न हुन्छ भन्ने कुरा औषधी ग्रन्थ चरक संहितामा उल्लेख गरिएको छ । त्यसैले यो ऋतुलाई प्रेमी(प्रेमिकाहरुले प्रेम दिवसको रुपमा पनि मनाउँछन् ।
प्रकृतिको परिर्वतन
वसन्त पञ्चमीको दिनदेखि प्रकृतिका समस्त पुराना कुराहरु हटेर जान्छन् र प्रकृतिले पुनः नयाँ श्रृंगार गर्छिन् । तोरीको फुलहरुले झुल्दै गीत गाउन थाल्छन् । कोइलीको कुहु(कुहु आवाज, फुलहरुमा मौरीहरुको भुन्भुनाउन थाल्छन् । मादकतायुक्त वातावरणले हरेकको मनमा विशेष स्फूर्ति बढ्न थाल्छ र प्रकृतिले आफ्नो नयाँ स्वरुपले सबैलाई लोभ्याउन थाल्छिन् ।
देवी सरस्वतीको जन्मदिन
मूलतस्यो पर्व ज्ञानको देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा मनाइन्छ । कवि, कथाकार, चित्रकार, गायक, संगीतकार र विचारकहरुका लागि यो दिन अति नै महत्वपूर्ण हुन्छ । यस दिन गरिएको सरस्वती देवीको ध्यान र पुजापाठले भक्तहरुको ज्ञान र शक्तिलाई बढाउँछ ।
प्राणायाम र ध्यान
जसलाई प्राणायामको ज्ञान छ, उसले यो मौसममा प्राणायाम गर्नुको महत्व के छ भन्ने कुरा राम्रोसंग बुझेको हुन्छ । यो मौसममा बहने शुद्ध र ताजा वायुले हाम्रो रक्त सञ्चारलाई सुचारु रुपमा चलाउन सहायक सिद्ध हुन्छ । मनमा भएको परिर्वतनलाई बुझ्दै ध्यान गर्नका लागि यो ऋतु सबैभन्दा उपयोगी ऋतु सिद्ध हुन सक्छ ।
कोइराल खोलाबाट झुल्किएको घामका किरणले सुन्तला बगैँचाको काँचुली फेरेको जस्तै आभाष हुन्छ । मौरीका भुनभुन आवाजले सङ्गीतको सा रे ग म प ध नि सां को जस्तै भान भइरहेको हुन्छ । आरु, हलुवावेद, कागती समेत फुल फुलेर फल लाग्ने तरखरमा देखिँदै थिए, घर आँगनमा पनि हल्का तातो तातो हावाको बहाव भइरहेको थियो, जसले मेरो मनमा थोरै आलस्यता ल्याउन खोज्दा खोज्दै पनि आँखाबाट थोरै पानी निस्किएर हाऽऽई गरी वसन्त ऋतुलाई नियाल्दै यसको प्रशंसामा म किञ्चित पनि पछि हटेको थिएन ।
मेरो माझी औँलामा विस्तारै छोएको अनुभव गरेँ, मेरी सानी बच्चीले म तिर हेर्दै घुम्न जाने संकेत गर्दै काखमा आउन संघर्ष गरिरहेकी रहिछन् ।गुलाबका पङ्खुडीजस्ता नरम हातले पारीका हरियालीले भरिएको सेर्माकोट डाँडातर्फ देखाउँदै आँखाभरी शीतल र शान्ति झल्काउँदै थिइन् ।घर नजिक रहेको खेतमा लसुन, धनियाँ, केराउ, सिपचना, वर्षे आलुमा फुल लागेका, प्याउली फुल, अनि मेलले पनि वसन्त ऋतुलाई स्वागत गर्न तम्सिरहेका थिए ।
वसन्तको सुरुवातमा अग्ला–अग्ला सिमलकारूखभरि चराचुरुङ्गी र भमरा–माहुरीहरू बथान लाग्न थाल्दछन् । सुगा, मैना, चिबे, जुरेलीका जोडीहरूरूखैभरि झुम्मिएका देखिन्छन् । तराई–मधेशको वनमा आकर्षण थप्नमा पलाँसका वृक्षहरू पनि उत्तिकै सक्रिय हुन्छन् । जङ्गलको ज्वाला ९फ्लेम अफ द फरेष्ट० नामले प्रचलित यो वृक्ष चैतभित्र फुलिसक्छ । पलाँसको सम्पूर्ण वृक्षलाई सिन्दुरे रातो फूलको रंगले पोतिसकेपछि नयाँ पालुवाहरू हरियालीमा रुपान्तरण हुन्छन् । राजवृक्षमा भने सुनौला फूलकागुच्छाहरू लटरम्मै झुल्न थाल्दछन् । कुम्भीका वृक्षमा पनि नयाँ पालुवा एवं पुष्पगुच्छाहरू फक्रन थाल्दछन् । प्रत्येक दिनरूखैभरि हजारौं फूल फुल्छन् र प्रत्येक बिहान झ्र्छन् । मानौं, त्यहाँ दिनका दिन पुष्पवृष्टि हुन्छ १
वसन्तको बिहानी डाक्नमा जङ्गली कुखुरा निकै सक्रिय हुन्छन् । तर वसन्त डाक्ने ‘कुक्कु, कुक्कु’को बोलीले वनगुञ्जायमान हुन थालेपछि नै नयाँ वसन्तको वास्तविक आभास हुन्छ । त्यसपछि ‘को हो, को हो’ भन्ने भाकामा कोइली आइपुग्छ । वसन्त बहारको अन्त्यतिर आएर ‘काफल पाक्यो, काफल पाक्यो’ भन्ने कोइली छिप्पिएको वसन्तको मादमा मस्त भएपछि ‘बीउ कुहियो, बीउ कुहियो’ भनेर दैलोमा नै किसानलाई सम्झउन आइपुग्छ ।
मेरै झ्याल बाहिर निगालोको सानो झ्याङमा पनि केही चलखेल हुँदैछ । एक जोडी फिस्टे चरी के खोज्दैछन् रु ज्यादै चञ्चल १ ज्यादै चकचक १ पछि थाहा भयो– बच्चा कोरल्न सुरक्षित स्थानको अनुसन्धानमा लागेका रहेछन् । आफ्नो प्रेमको आलापपछिको भविष्यलाई सुनिश्चित पार्ने चिन्तामा चलबलाएका यी फिस्टे चरा र चरीबाट हाम्रा बैंसालु युवा र युवतीहरूले ‘भ्यालेन्टाइन डे’ को भोलिपल्टलाई यसरी नै सोचिदिन सके प्रेमको सार्थकतामा पुग्न सजिलो हुनेथियो होला । त्यसनिम्ति प्रकृतिलाई पढ्ने बानी बसाल्नुपर्छ । प्रकृति अध्ययनबाट आनन्द मात्र होइन ज्ञान पनि प्राप्त हुन्छ ।
आजभोलि मेरो बिहानी भँगेराका चिरबिरबाट शुरु हुन्छ । वसन्तको थालनीसँगै झगडामा अल्झेका यी भँगेराहरू अहिले शान्त छन् । भाले र पोथीबीचको झगडा र लडाइँपछि प्रेमको सम्झौतामा पल्केका यी चिरविरहरू आजभोलि आमाबुबा बनेका छन् । बच्चा हुर्काउनमा तल्लीन छन् । आमा चारो बोकेर आउँछे । बच्चाले च्वाँ–च्वाँ गरेर मुख आँ आँ गर्छन् । कलिला पँखेटाहरू फरर्र नचाउँछन् । बाबुचाहिँ अलिपर चनाखो पहरेदार बनेर बसेको देखिन्छ ।
लेखक – डुङ्गेश्वर गाउँपालिका, वडा नम्वर ५ निवासी दिपेन्द्र केशर खनाल हुनुहुन्छ ।