- संस्थाको पृष्ठभूमी
हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा सञ्चालित जागरण एफ.एम.ले सुर्खेत जिल्लासहित कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, रुकुम र सल्यान जिल्ला, ५ नम्वर प्रदेशका बाँके, बर्दिया र दाङ्ग तथा सुदुरपश्चिम प्रदेशका कैलाली, डोटी र अछामलगायतका जिल्लासम्म ५०० वाट् क्षमताले एफ.एम. व्याण्डमा ९०.८ मेगाहर्जमा आफ्नो प्रशारण सेवा पुर्याइरहेको छ । बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै सुर्खेतका रेडियोहरुमध्ये सवैभन्दा पहिला (वि.सं.२०६९) देखि अनलाइन www.onlinejagaran.com, मोवाइल एप्लिकेशन Jagaran FM, फेसबुक www.facebook.com/jagarannetwork, ट्वीटर @jagarannetwork बाट आफ्नो प्रशारण र प्रकाशन सञ्चालन गरिरहेको छ । साथै कर्णाली प्रदेशका अन्य सामुदायिक रेडियोसँग नेटवर्किङ्ग गरिरहेको छ । प्रशारणलाई जनमैत्री र समुदाय केन्द्रित गर्न सुर्खेत जिल्लाभर विभीन्न २३ वटा रेडियो स्रोता समूह क्रियाशिल छन् । श्रोता समूहले रेडियो कार्यक्रम सुनेर सामूहिक प्रतिक्रिया दिन्छन् र त्यसलाई रेडियोले गुणस्तर कायम गर्न मार्गनिर्देशन मान्ने गर्छ ।
विशेषगरी, पर्यटन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ स्थापित भई आएको संस्था जागरण एफ.एम. हो ।
- ध्येयः स्थानीय विकास र सुशासन ।
- उद्देश्यहरुः
Ø बुँदागत रुपमाः
१) सामुदायिक विकास गर्न सुशासन र पारदर्शिताको लागि उपयुक्त वातावरण बनाउने ।
२) विकासका श्रोत साधनहरुमा अल्पसंख्यक समुदायको पहुँच बढाउने ।
३) अल्पसंख्यक, सामाजिक तथा आर्थिक रुपले पछि परेको वर्ग र समुदायलाई बलियो बनाउन मद्दत गर्ने ।
४) स्थानिय नागरिकका सवालमा सचेतिकरण र अधिकारको पैरवी गर्ने ।
- लक्ष्यः नागरिकको अधिकार, जीवनयापन, अत्यावश्यक आधारभूत जानकारी तथा मनोरञ्जनमूलक सूचना तथा सन्देशहरु संकलन तथा प्रचारप्रसार गरी सम्वन्धित सरोकारवालाद समक्ष पुर्याई सूचनाको हक सुनिश्चित गर्ने र सफलताका कथामार्फत् नागरिकलाई क्रियाशिलताका लागि जागरण पैदा गराउने लक्ष्य छ ।
पहुँच (भौगोलिक) – कर्णाली प्रदेशभर (इक्वेल एक्सेसले गरेको सर्वेक्षणमा आधारित) ।
साझेदार रेडियो स्टेशनहरुः
****************************सुर्खेतः जागरण एफ.एम. (प्रमुख प्रशारण केन्द्र)****************************
१- सुर्खेतः रेडियो भेरीगंगा एफ.एम. भेरीगंगा नगरपालिका छिन्चु र रेडियो डाँडादरा एफ.एम. पञ्चपुरी नगरपालिका बावियाचौर
२) दैलेखः रेडियो ध्रुवतारा एफ.एम., रेडियो दुल्लुु एफ.एम.
३) कालिकोटः रेडियो चंखेली एफ.एम., रेडियो सान्नीत्रिवेणी एफ. एम., कालिकोट र रेडियो नेपाली आवाज एफ. एम.
४) जुम्लाः रेडियो खुला आकाश एफ.एम., रेडियो नारी आवाज एफ. एम.
५) मुगुः रेडियो सौर्यदय एफ.एम. र रेडियो रारा एफ. एम.
६) हुम्लाः रेडियो कैलाश एफ. एम., रेडियो कर्णाली आवाज एफ.एम. र रेडियो श्रीनगर एफ. एम.
७) डोल्पाः रेडियो डोल्पा एफ.एम., रेडियो त्रिपुरा एफ. एम.
८) रुकुमः रेडियो गेमित्रिवेणी एफ.एम., रेडियो चौरजहारी एफ.एम., रेडियो सिस्ने एफ.एम. र रेडियो उत्तरगंगा एफ.एम.
९) सल्यानः रेडियो कपुरकोट एफ. एम. र रेडियो राप्ती एफ.एम.
१०) जाजरकोटः रेडियो जाजरकोट एफ. एम., रेडियो खलङ्गा एफ.एम. र रेडियो हाम्रो पाइला एफ. एम.
जागरण रेडियो श्रोता समूहहरुः
क्र.सं. | श्रोता समूहको नाम | सहजकर्ता | लिङ्ग | जातिय पहिचान | ठेगाना | कैफियत |
१ | प्रगतिशिल | प्रताप वि.सी. | पुरुष | क्षेत्री | चौकुने- ४ विजौरा | |
२ | हरियाली | संगीता विष्ट | महिला | क्षेत्री | चौकुने- २ लगाम | |
३ | सृजनशिल | हेमप्रकाश पौडेल | पुरुष | व्राहमण | चौकुने- २ लगाम | |
४ | चिउराली | दीपक राज रोकाय | पुरुष | क्षेत्री | चौकुने- ३ वेतान | |
५ | कर्णाली | सविना देवकोटा | महिला | व्राहमण | चौकुने- ८ विजौरा | |
६ | काँशेगाउँ | कमला वि.सी. | महिला | क्षेत्री | चौकुने- ७ | |
७ | सभ्य | कमला राना | महिला | क्षेत्री | चिङ्गाड- ३ मटेला | |
८ | मालिका | दिनेश वि.क. | पुरुष | दलित | चिङ्गाड- ३ मटेला | |
९ | जनचेतना | कृष्ण प्रसाद उपाध्याय | पुरुष | व्राहमण | चिङ्गाड- ३ मटेला | |
१० | काँडापोखरी | अमर बहादुर राना | पुरुष | क्षेत्री | चिङ्गाड- २ रानीवास | |
११ | जनआवाज | मानबहादुर खड्का | पुरुष | क्षेत्री | चिङ्गाड- २ रानीवास | |
१२ | नवदेवी | पद्मा वि.क. | पुरुष | दलित | चिङ्गाड- २ रानीवास | |
१३ | हाम्रो आवाज | खगिसरा पंगाली | महिला | ब्राहमण | लेकवेशी- ५ नेटा | |
१४ | परिवर्तन | सीता कुमारी विष्ट | महिला | क्षेत्री | लेकवेशी- ४ दशरथपुर | |
१५ | प्रगतिशिल | यमुना खत्री | महिला | क्षेत्री | लेकवेशी- ४ दशरथपुर | |
१६ | कमाइघारी | नन्जिता ढकाल | महिला | व्राहमण | लेकवेशी- ४ दशरथपुर | |
१७ | सिमलडाँडा | गीता राना | महिला | क्षेत्री | सिम्ता- ९ खानीखोला | |
१८ | फूलवारी | पूर्णा वि.क. | महिला | दलित | पञ्चपूरी- ४ बावियाचौर | |
१९ | देउतिवज्यै | दिलिप वयक | पुरुष | क्षेत्री | पञ्चपुरी- ७ छाप्रे | |
२० | हरियाली | नम्रता नेपाली | महिला | दलित | पञ्चपुरी- ६ बावियाचौर | |
२१ | जनकल्याण | नविन सुनार | पुरुष | दलित | पञ्चपुरी- ७ छाप्रे | |
२२ | जुनेली | लक्ष्मी शाही | महिला | ठकुरी | पञ्चपुरी- ४ बावियाचौर | |
२३ | सालघारी | गीता आले | महिला | जनजाति | वराहताल- ५ कुनाथरी |