विश्व आत्महत्या रोकथाम दिवश भेरीगंगामा पनी विभिद् कार्यक्रम गरी मनाईयो

भेरीगंगा । विश्व आत्महत्या रोकथाम दिवस १० सेप्टेम्व २०२४ का अवशरमा आत्महत्या रोकथाम बारे संवाद शुरु गरौ, दृष्टिकोण बदलौ, भन्ने मुल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको सन्र्दभमा र्याली तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जसमा सिसबएम ग्लोवल को आर्थिक सहयोग सिएमसी नेपाल र भेरीगंगा नगरपालिकाको साझेदारीमा संचालित केएमएचपी कार्यक्रम अन्र्तगत सिर्जनशिल मानसिक स्वस्थ्य […]

Continue Reading

नेपालमा पनि एमपक्सको जोखिम तर कोरोना जस्तो आत्तिनु नपर्ने डाक्टरहरूको भनाइ

भदौ १६, काठमाण्डौ । अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको डाक्टरहरूले बताएका छन् । तर कोरोना भाइरस जस्तो आत्तिनु नपर्ने उनीहरूको भनाइ छ । जनस्वास्थ्यविद् डा.शेरबहादुर पुनले विश्वका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट भित्रिन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । जापानमा पढेका र […]

Continue Reading

डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघ्यो, हैजाका बिरामी ७५ जना पुगे

भदौ १५, काठमाण्डौ । देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै सङ्क्रमणका कारणले तीन जनाको मृत्यु भएको छ । डेङ्गीको सङ्क्रमण सबैभन्दा […]

Continue Reading

सुर्खेत हस्पिटलद्वारा जिल्ला प्रहरी कार्यालयमा स्वास्थ्य शिविर

सुर्खेत, १४ भदाै । सुर्खेत हस्पिटल प्रालिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । अस्पतालले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी का लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हाे। कार्यक्रममा प्रहरी उपरीक्षक रुपेश खडकाले शिविरले प्रहरीलाई आफ्नोे शारिरिक अवस्थाको पुनरावलोकन गर्न सहज हुने बताउ नुभयाे । उक्त शिविरमा प्रहरी उपरीक्षक, […]

Continue Reading

सुर्खेत अस्पतालमा निशुल्क बाल राेग शिविर सञ्चालन हुने

सुर्खेत । विरेन्द्रनगरमा रहेको सुर्खेत अस्पतालमा एक दिने निशुल्क नवजात शिशु तथा बालरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । सुर्खेत अस्पतालको आयोजनामा यहि भदौ २२ गते शनिबारका दिन बिहान १० बजे देखी ४ बजेसम्म संचालन गरीने शिविरमा कान्तीबाल अस्पताल महाराजगंज काठमान्डौंका बालरोग विशेषज्ञ डा.त्रिभुवन भट्टराईले डाक्टरी सेवा दिइने बताईएको छ । शिविरमा दम, […]

Continue Reading

अब नर्सिङ पढ्न १२ कक्षा पास गरेको हुनुपर्ने

साउन १८, काठमाण्डौ । अबदेखि नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । कार्यदलले दिएको प्रतिवेदन पारित गरेर नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याइएको आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीको संयोजकत्वमा गठन भएको कार्यदलले १२ […]

Continue Reading

देशभर दुई हजारभन्दा धेरैलाई डेंगी सङ्क्रमण

साउन १७, काठमाण्डौ । देशभर दुई हजारभन्दा धेरैमा डेंगी रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँकाअनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी […]

Continue Reading

विश्व स्तनपान सप्ताह आजदेखि शुरु

साउन १७, काठमाण्डौ । विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।स्तनपानको महत्त्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् । विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो […]

Continue Reading

विश्व हेपाटाइटिसविरुद्धको दिवस ः के हो हेपाटाइटिस र यसबाट कसरी बच्ने ?

साउन १३, काठमाण्डौ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस ः ’अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयो’ भन्ने नाराका साथ मनाईंदैछ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ’जण्डिस’ पनि भन्ने गरिन्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच […]

Continue Reading

सुर्खेतमा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १९ प्रतिशत

असार २४, सुर्खेत । सुर्खेतमा जिल्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्ने किशोरीहरुको सङ्ख्या १९ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । यहाँका नौ वटै स्थानीय तहमा २० वर्ष नपुग्दै आमा बनेका किशोरीहरुको सङ्ख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्धारा आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक्रिया तथा वार्षिक समिक्षा कार्यक्रममा २० वर्ष […]

Continue Reading