देशभरका ६ सय ७० पालिकाद्वारा जमिनको नक्सा अद्यावधिक

मंसिर २९, काठमाण्डौ । देशभरका ६ सय ७० पालिकाले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती पालिकाले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ पालिकाले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २ सय ६१ पालिकाले आधार तथा मापदण्ड नक्सा अद्यावधिक गरी […]

Continue Reading

आज १२औँ विश्व माटो दिवस

मंसिर १९, काठमाण्डौ । ‘स्वस्थ माटोका लागि स्वस्थ शहर’ भन्ने नारासहित आज विश्व माटो दिवस मनाइँदैछ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको सन् २०१३ को निर्णय र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सिफारिसअनुसार डिसेम्बर ५ लाई विश्व माटो दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा भने सन् २०१४ डिसेम्बर […]

Continue Reading

बेमौसमी वर्षाका कारण यो वर्ष धानसहित अन्य बालीको उत्पादनमा कमी आउने

मंसिर १७, काठमाण्डौ । यस वर्ष विभिन्न समयको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति पुग्दा धानसहित अन्य बालीको उत्पादनमा कमी आउने भएको छ । बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानीको तथ्याङ्क÷विवरण सङ्कलन तथा विश्लेषणको लागि गठन भएको समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हालै प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार बेमौसमी वर्षाबाट […]

Continue Reading

सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चित नगर दैलेखको नारायण नगरपालिका

मंसिर १०, दैलेख । दैलेख जिल्लाको नारायण नगरपालिकालाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीको पहुँच सुनिश्चितता नगर घोषणा गरिएको छ । आज (बुधबार) औपचारिक रूपमा गरिएको यो घोषणासँगै नगर क्षेत्रभित्र बसोबास गर्ने सबै योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता सहज रूपमा प्राप्त गर्न पाउने व्यवस्था सुनिश्चित गरिएको जनाइएको छ । आवश्यक सूचकहरू पूरा गरेपछि गरिएको यस घोषणा कार्यक्रममा […]

Continue Reading

कर्णाली प्रदेशमा कृषि उत्पादन र खेती क्षेत्र दुवै घटे

मंसिर ५, काठमाण्डौ । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८१÷८२ मा कृषि बालीले ढाकेको भूमि र कूल कृषि उत्पादन दुवै घटेका छन् । राष्ट्र बैंकले गरेको अध्ययन अनुसार खेती क्षेत्र ६ दशमलव ८ प्रतिशतले घट्दा धान, गहुँ, मकै, कोदो र जौँजस्ता प्रमुख खाद्य बालीको क्षेत्र तथा उत्पादनमा उल्लेख्य गिरावट देखिएको छ । तरकारी तथा बागबानी क्षेत्र […]

Continue Reading

रैथाने बालीको प्रवद्र्धन गर्दै कर्णाली सरकार

कात्तिक २५, सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ । प्रदेश सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मिलेर अग्र्यानिक उत्पादनलाई व्यवस्थित गरेर बिक्री गर्न मिल स्थापनाको काम जारी राखेको छ । […]

Continue Reading

असोजको वर्षाले देशभर कृषि र पशुपछी क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति

कात्तिक २३, काठमाण्डौ । कृषि तथा पशुपछी विकास मन्त्रालयले गएको असोजमा भएको वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । असोज दोस्रो हप्तापछि निरन्तर परेको पानीले कृषि बाली, पशुपछी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण सङ्कलन गरेको र क्षति तीन अर्ब ५५ करोड रुपैयाँ बराबर […]

Continue Reading

बेलैमा धान भित्र्याउन नपाउँदा किसान समस्यामा : तोरी, दलहन र आलुबालीमा पनि असर

कात्तिक १५, काठमाण्डौ । असारमा रोप्ने बेला पानी नपरेर समस्यामा परेका किसानले अहिले कात्तिकमा पानी पर्दा धान भित्र्याउन पाएका छैनन् । धानको बोटमै बाला टुसाउन थालेको किसानको गुनासो छ । पाँजा खेतमै भिजेको छ । आफ्नो ६ महिनाको मेहनत खेर जाने चिन्ताले किसानलाई सताइरहेको छ । कतिपयले काटेर राखेको धानलाई चुटेर भित्र्याउन सकेका छैनन् । […]

Continue Reading

अर्गानिक कर्णाली अभियानको व्यवहारिक कार्यान्वयनमा बेवास्ता

कृष्ण शर्मा ,१ कार्तिक,सुर्खेत । कर्णाली प्रदेशलाई ‘अर्गानिक प्रदेश’का रूपमा परिचित गराउने घोषणा भएको लामो समय बितिसक्दा पनि त्यसको व्यवहारिक कार्यान्वयन सुस्त रहेको भन्दै सरोकारवालाहरूले गुनासो व्यक्त गरेका छन्। सुर्खेतमा आयोजित “कर्णाली प्रदेश प्राङ्गारिक कृषि ऐन २०७६ कार्यान्वयनको अवस्था र अर्गानिक प्रदेश अभियानमा देखिएका समस्या र चुनौती” विषयक सार्वजनिक सुनुवाइमा सहभागीहरूले अर्गानिक कर्णालीको प्रभावकारितामाथि प्रश्न […]

Continue Reading

कृषिमा आत्मनिर्भर हुन युवा आकर्षित हुनुपर्छ : कृषि मन्त्री शाह

सुर्खेत ४ असाेज । कृषिमा आत्म निर्भर बनाउनका लागि युवाहरु कृषि कर्ममा लाग्नुपर्ने बताउनुभएको छ । ड्रागन फ्रुट उत्पादक किसान संघ सुर्खेतले आयोजना गरेको ड्रागन खेती स्थानीय स्रोत व्यक्ति तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री शाहले देशको समृद्धिका लागि कृषिमा आत्म निर्भर बन्नु पर्ने र त्यसका लागि युवाहरु कृषि व्यवासयमा लाग्न आवश्यक रहेको बताउनुभएको […]

Continue Reading