५५ क्षेत्रका लागि ६० लाख मतपत्र छापियो

माघ २२, काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीतर्फ ५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । समानुपातिक निर्वाचन प्रणालीको मतपत्रको छपाइ यसअघि नै पूरा भइसकेको छ । ११ फागुनभित्र सबै मतपत्र छापिसक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये बुधबार साँझसम्म ५५ निर्वाचन क्षेत्रका लागि ६० […]

Continue Reading

एमाले–प्रलोपा चुनावी तालमेल : पश्चिम रुकुममा जनार्दन शर्मालाई सहयोग गर्ने सहमति

माघ २२, रुकुम पश्चिम । प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच नयाँ सहमति भएको छ । नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् । २०८२ माघ १८ गते भएको सहमतिलाई आंशिक संशोधन गर्दै दुवै दलले तीनबुँदे […]

Continue Reading

डोल्पाका अधिकांश मतदान केन्द्रमा हेलिकप्टरकै भर

माघ २१, डोल्पा । हिमाली जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्रमा हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान सामग्री, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी ढुवानी गर्न भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरकै भर पर्नु परेको हो । […]

Continue Reading

समानुपातिकतर्फ ३ हजार १ सय ३५ जना उम्मेदवार कायम

माघ २१, काठमाण्डौ । निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले हिजो प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ चुनाव चिह्न कायम भएका कूल ३ हजार १ सय ३५ उम्मेदवार रहेका छन् । प्रकाशित बन्द सूचीमा १ हजार ७ सय ७२ महिला […]

Continue Reading

प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन

माघ २१, काठमाण्डौ । गृह मन्त्रालयले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिएको छ । सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन गर्न निर्देशन दिएको हो । हिजोको छलफल शान्ति सुरक्षाको अवस्था, निर्वाचन […]

Continue Reading

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

माघ २१, काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक […]

Continue Reading

जुम्लाका ५२ वटा मतदानस्थलअति संवेदनशील

माघ २०, जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिनुभयो । एक नगरपालिकासहित सात गाउँपालिका रहेको यहाँ जिल्लाभरि ८५ […]

Continue Reading

माधव नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

माघ १८, काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज सरकार र प्रतिवादीको साक्षी बुझ्ने आदेश दिएको हो । तत्कालीन प्रधानमन्त्री नेपालसहित […]

Continue Reading

१५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

माघ १८, काठमाण्डौ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कूल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिएको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा भैरहेको छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, […]

Continue Reading

आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

१७, माघ-  निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र […]

Continue Reading